Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
बास

बासको पुर्णकालिन बैठक सम्पन्न

बर्दिया ५ अशोज
tribeni2

भ्रष्टाचार बिरुद्ध क्रियाशिल संस्था बासको ३४ औँ पुर्णकालिन बैठक बिभिन्न महत्वपुर्ण निर्णयहरु गरि सम्पन्न भएको छ । बर्दियाको ठाकुरद्धारामा शुक्रवार देखि सुरु भई शनिवार सम्मन्न भएको पुर्णकालिन बैठकले भ्रष्टाचार बिरुद्धको अभियानलाई थप सशक्त बनाउन जिल्ला शाखाहरुको क्षमता अभिबृद्धि गर्ने लगाएतका निर्णयहरु गरेको छ ।


हरेक चार महिनामा हुने बैठकले चार महिनामा भएका कार्यक्रमको समिक्षा तथा आगामी चार महिनाको सांगठनिक कार्ययोजना बनाउँदै आएको छ । बैठकले संस्थाको विभिन्न १८ वडा विभाग गठन गरेको छ ।

गठित बिभागहरुमा क्रमशः सुशासन तथा सामाजिक जवाफदेहिता बिभाग प्रमुखमा कर्णाली प्रदेश संयोजक रमेश परियार, संगठन बिभाग प्रमुखमा संस्थाकी उपाध्यक्ष लुना बुढाथोकी, स्वयंसेवक विभाग प्रमुखमा महासचिब शिव कुमार वर्मा, आर्थिक विभाग प्रमुखमा कोषाध्यक्ष छविलाल सुनार, अनुसशान विभाग प्रमुखमा सचिव खुमेश सुवेदी, प्रकाशन विभाग प्रमुखमा पुर्व अध्यक्ष राजु लामिछाने, सांस्कृतीक विभाग प्रमुखमा केन्द्रीय सदस्य दिला शाह, तालिम विभाग प्रमुखमा पुर्व केन्द्रीय सदस्य ध्रुवजँग शाह, कार्यक्रम व्यवस्थापन विभाग प्रमुखमा पुर्व वरिष्ठ उपाध्यक्ष सुरेन्द्र शाही, अपाङ्गता तथा ज्येष्ठ नागरिक विभाग प्रमुखमा केन्द्रीय सदस्य यदुनाथ सिग्देल, जन सम्पर्क विभाग प्रमुखमा साधारण सदस्य कमल शाही, गुनासो व्यवस्थापन विभाग प्रमुखमा संस्थाका उप निर्देशक हेमराज भट्ट, युवा सशक्तिकरण विभाग प्रमुखमा पुर्व उपाध्यक्ष भुपेन्द्र वस्नेत, परोपकार विभाग प्रमुखमा पुर्व कोषाध्यक्ष सत्य प्रकास यादव, लैङ्गिक विभेद न्युनिकरण विभाग प्रमुखमा पुर्व उपाध्यक्ष कल्पना अधिकारी, सामाजिक सद्भाव विभाग प्रमुखमा पूर्व वरिष्ठ उपाध्यक्ष रज्जव अली वागवान, बालबालिका विभाग प्रमुखमा केन्द्रीय सदस्य मुना बिष्ट, महिला सशक्तिकरण विभाग प्रमुखमा केन्द्रीय सदस्य मेघा रेउले, सामुदायिक सशक्तिकरण विभाग प्रमुखमा पुर्व वरिष्ठ उपाध्यक्ष ईश्वर बि.क. चयन भएका छन् ।


बैठकले कार्यसमितिमा रिक्त रहेको प्रदेश नं. २ संयोजकमा केन्द्रीय सदस्य मकवुल अहमद मुकेरीलाई जिम्मेवारी तोकेको छ भने केन्द्रीय सदस्यहरुमा बास नवलपुर शाखा अध्यक्ष लक्ष्मी पौडेल र बाँके शाखाकी नोरी चौधरीलाई मनोनित गरेको छ । बैठकमा चार महिनाको अवधीमा केन्द्र तथा सबै शाखाहरुले गर्ने साझा कार्यक्रहरु तय गरिएको छ । जस अन्र्तगत असोज महिनामा विजया दशमीको शुभकामना आदान प्रदान कार्यक्रम, कार्तिकमा विद्यालय तथा कलेजमा भ्रष्टाचार बिरुद्ध अभिमुखिकरण कार्यक्रम, मंसिरमा भ्रष्टाचार विरुद्धको अन्तराष्ट्रिय दिवसका अवसरमा बिबिध कार्यक्रम, पौषमा भ्रष्टाचार विरुद्ध शुद्धिकरण कार्यक्रम रहेकाछन् ।


दुई दिनसम्म चलेको बैठकको अध्यक्षता संस्थाका केन्द्रीय अध्यक्ष रमेश सिटौलाले गरेका थिए भने संचालन महासचिव शिव कुमार वर्माले गरेका थिए ।

प्रकाशित मिति: आइतबार, असोज ५, २०७६  २२:०९
प्रतिक्रिया दिनुहोस्