Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

आठविसकोट नगरपालिकाले ल्यायो साढे ६३ करोडको बजेट 

सोमबार, असार ११, २०८०
tribeni2
  • सत्य बटाला 

रुकुम पश्चिमकाे आठविसकोट नगरपालिकाले आगामी आर्थिक वर्ष ०८०/८१ का लागि साढे ६३ करोडको बजेट ल्याएको छ ।

नगरपालिकाको चौथो नगरसभामा नगरपालिका उपप्रमुख धनकुमारी शाहिले आगामी आर्थिक बर्षको बजेट प्रस्ताव गर्नुभएको हो । उहाँले कुल ६३ करोड ५० लाख ६४ हजार ४ सय ४८ बजेट वक्तव्य सभामा पेश गर्नुभएको हो । 

जसमध्य चालु तर्फको कुल बजेटको ६३.७८ प्रतिशत अर्थात ४० करोड ५० लाख २५ हजार ४ सय ४८ रुपैयाँ रहेको छ भने पुँजीगत तर्फ २३ करोड ३९ हजार रुपैयाँ रहेको छ । जुन कुल बजेटको ३६.२२ प्रतिशत हो ।

आगामी बर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोत मध्य आन्तरिक राजस्वबाट २ करोड ८० लाख, संघिय सशर्त अनुदान बाट (चालु) तर्फ २४ करोड १४ लाख, संघिय सशर्त अनुदान (पुजिगत) तर्फ १ करोड ३९ लाख, संघिय सरकार राजश्र वाँडफाँट तर्फ १३ करोड ३८ लाख २२ हजार रुपैयाँ, संघिय समपुरक अनुदान बाट ९० लाख रकम रहेको  छ ।

प्रदेश सरकार राजश्र वित्तीय समणिकरण अनुदान १ करोड २१ लाख ७७ हजार रुपैयाँ, प्रदेश सरकार राजश्र बाँडफाँटबाट २० लाख ७७ हजार ४ सय ४८ रुपैयाँ, प्रदेश सरकार सस्शर्त अनुदानवाट चालु तर्फ ३ करोड ५१ लाख ८८ हजार रुपैयाँ, प्रदेश सरकार सस्शर्त अनुदान पुजिगत तर्फ २ करोड १० लाख रुपैयाँ, प्रदेश सरकार समपुरक अनुदान बाट १ करोड ५० लाख प्राप्त हुने अनुमान गरिएको छ ।

प्रकाशित मिति: सोमबार, असार ११, २०८०  १६:३२
प्रतिक्रिया दिनुहोस्