Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

गुणस्तरहिन काम भएपछि पुथामा विद्यालय भवनको काम रोकियो

सोमबार, असार ११, २०८०
tribeni2

रुकुम पूर्व । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका -१३ मा निर्माणधिन एक विद्यालय भवनको निर्माणको काम रोकिएको छ । आधारभूत विद्यालय पदमीको भवन निर्माण कार्य रोकिएको हो । 

भवन निर्माणको क्रममा गुणस्तरहिन काम भएको पाईएपछि पुथा उत्तरगंगा गाउँपालिकाबाट गएको अनुगमन टोलीले काम रोकेको हो । गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढाको नेतृत्वमा गएको अनुगमन टोलीले प्राविधिक स्टमेट अनुसार काम नभएको र गुास्तरहिन काम भएको पाईएपछि काम रोक्न निर्देशन दिएको हो । 

उपाध्यक्ष भुपेन्द्रा बुढाले सिमेन्ट, बालुवा र गिठ्ठीको रेसियो नमिलेको, गिठ्ठी र वालुको गुणस्तर कम भएको, स्टमेट अनुसारको सरियाको प्रयोग नभएको पाईएपछि काम रोकिएको बताउनुभयो ।

उहाँले भवन निर्माणको काममा विद्युत लाईको पाईप नराखिएको, भिजेको सिमेन्टको प्रयोग भएको, मिक्चर मेसिनको प्रयोग नभएको लगायतका समस्या पत्ता लागेको बताउनुभयो । 

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत २७ लाख ५० हजार बजेटमा उक्त भवन निर्माणको लागि गाउँपालिकासँग सम्झौता भएको छ । प्राविधिक स्टमेट अनुसार गुणस्तरिय काम गर्न उपाध्यक्ष बुढाले निर्देशन दिनुभएको छ । 

अनुगमन कार्यक्रममा गाउँपालिकाका इन्जिनियर ईन्द्रजित गामी, ओभरसियर नविन दाहाल, कमल केसी, राज सेन, गाउँपालिकाका योजना शाखा प्रमुख ओम प्रकाश ओली लगायतको उपस्थिति रहेको थियो । 

356147311_274981371873116_1528109211653538984_n1687778738.jpg

प्रकाशित मिति: सोमबार, असार ११, २०८०  १७:०६
प्रतिक्रिया दिनुहोस्