Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

त्रिवेणी सिटि अस्पतालमा दर्ता बिनै चलेको फार्मेसीमा ताला 

११ वटा औषधि पसलमा अनुगमन, अधिकांशमा समस्या
सोमबार, असार ११, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका -२ सिम्रतुमा रहेको त्रिवेणी सिटी अस्पतालमा सञ्चालित औषधि पसल दर्ता बिनै सञ्चालन भएको पाईएको छ । दर्ता बिनै चलेको उक्त औषधि पसलमा औषधि व्यवस्था विभाग नेपाल शाखा कार्यालयको टोलीले ताला लगाएको छ । 

औषधि व्यवस्था विभागको टोलीले गरेको औषधि पसलको अनुगमनका क्रममा दर्ता नहुनुका साथै अन्य समस्याहरु देखिएपछि बन्द गरेको जनाएको छ । 

औषधि व्यवस्था विभाग नेपालगञ्जका फार्मेसी अधिकृत धनबहादुर बोहराका अनुसार जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमसँगको समन्वयमा ११ वटा औषधि पसल अनुगमनका गरिएको थियो । सो क्रममा जिल्लाको त्रिवेणी गाउँपालिका –२ सिम्रुतुमा सञ्चालित त्रिवेणी सिटी अस्पतालको फार्मेसी दर्ता बिनै सञ्चालन भएको पाईएकोले ताला लगाईएको फार्मेसी अधिकृत बोहराले जानकारी दिनुभयो । 

त्यसैगरी मुसीकोट नगरपालिका –१ सल्लेमा सञ्चालन भएको अमर मेडिकल हलको फार्मेसीमा पनि औषधि व्यवस्थापनको समस्या देखिएकोले मापदण्ड पु¥याएर मात्र औषधि बेच्ने शर्तमा बन्द गरिएको छ । उक्त औषधि पसलमा व्यवसायीको अनुपस्थितिमा औषधि बिक्रि वितरण नगर्न निर्देशन दिईएको बोहराले उल्लेख गर्नुभयो । फार्मेसीमा कार्यरत कर्मचारीले देखिएका समस्याहरु समाधान गरेर मात्र औषधि बेच्ने भन्दै आफैले पसल बन्द गरेको बताईएको छ । 

त्यसैगरी त्रिवेणी गाउँपालिकाको झुल्नेटामा रहेको कवि मेडिकलमा पनि व्यवसायीको उपस्थिति बिनै औषधि बेच्ने गरेको, औषधि बिक्रि गर्ने गरेको बिल पसलको नाममा नछापेको, लागु तथा मनोदिपक औषधिको रेकर्ड नराखेको र लुकाईएको, पुजिँ थोरै तर कारोबार धेरै हुने गरेको पाईएको अनुगमन टोलीका संयोजक समेत रहनुभएका फार्मेसी अधिकृत बोहराले बताउउनुभयो । 

अनुगमन गरिएका अन्य फार्मेसीहरुमा पनि विभिन्न खालका समस्याहरु रहेको बताईएको छ । अधिकांश फार्मेसी पसलमा सुरक्षित भण्डारण नभएको, पसलमा फोहोरमैला रहेको, औषधिहरु भुईमा राख्ने गरेको, तापक्रम नमिलाएर औषधि राख्ने गरेको, बिक्रि बिल जारी नगरेको, लागु तथा मनोदिपक औषधिको रेकर्ड अध्यावधिक नभएको पाईएको अनुगमन टोलीले जनाएको छ ।

दुई औषधि कम्पनीको गम्भिर त्रुटि

356303166_202828136070218_599529188293039135_n1687776104.jpg
औषधिको बिर्को राम्रोसँग सिलबन्दी नहुँदा रसाएको औषधि

फार्मेसी अधिकृत बोहराले दुई औषधि उत्पादक कम्पनीले बजारमा पठाउने गरेको औषधिमा गम्भिर त्रुटि रहेको समेत बताउनुभयो । नेपाल फर्मास्यूटिकल प्रा.लि.को नेपेक्स ब्रान्ड र देउराली जनता फर्मास्यूटिकल प्रा.लि.को एपेट ब्रान्डको औषधिको बिर्को राम्रोसँग सिलबन्दी नभएको पाईएको उहाँले उल्लेख गर्नुभयो ।

बिर्को राम्रोसँग नलगाइएको औषधि अधिकांश फार्मेसीमा भेटिएको छ । जसको कारण औषधि लिक हुने र त्यसको कार्यक्षमता ह्रास हुने गरेको बोहराले जनाउनुभयो । 

जिल्लामा गरिएको औषधि पसल अनुगमनको रिपोर्ट प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तलाई समेत बुझाईएको छ । जनस्वास्थ्यको क्षेत्रमा लापरबाहि गरिएको पाईएको भन्दै विभागले जिल्ला प्रशासन कार्यालयलाई समेत प्रतिवेदन बुझाएको हो ।

प्रतिवेदनको सुक्ष्म अध्ययन गरेर आवश्यक कारबाहिको प्रक्रिया अगाडि बढाईने प्रमुख जिल्ला अधिकारी पन्तले बताउनुभयो । 

353895774_235725029230271_3109540565622577603_n1687776893.jpg

प्रकाशित मिति: सोमबार, असार ११, २०८०  १६:२०
प्रतिक्रिया दिनुहोस्