Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

खेलमैदानबाट आएको ढलले होटलमा क्षति, दुई घर जोखिममा

सोमबार, असार ११, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका २ फेराचौरमा सञ्चालित एक होटलमा पूर्णरुपमा क्षति भएको छ । 

फेराचौरमा निर्माणाधिन खेलमैदानबाट आएको भल पसेर स्थानीय कमल पौडेलले सञ्चालन गर्नुभएको होटेल पूर्ण रुपमा क्षति भएको हो । 

गत शनिबार परेको पानीसँगै आएको भलले खेल मैदानमा लगाएको तारजालि भत्काएको र सोहि स्थानबाट पसेको भलले पौडेलको होटेलमा पूर्ण क्षति गरेको वडा अध्यक्ष प्रकाश खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार होटलमा करिब आठ लाख बराबरको क्षति भएको छ । 

खेल मैदानबाट आउने भल व्यवस्थित नगरेमा थप क्षति हुन सक्ने बताईएको छ । अहिले सोहि स्थानमा रहेका दुई घर क्षतिको जोखिममा रहेका छन् । 

स्थानीय नरेन्द्र घर्तिले आफ्नो र कमल पौडेलको घर जोखिममा रहेको बताउनुभयो । उहाँले सरोकारवाला निकायलाई बेलैमा समस्या समाधानका लागि अनुरोध गर्नुभयो ।

फिल्डबाट आउने ढलको निकास र जोखिममा रहेका घरहरुको सुरक्षाको लागि स्थानीयले आग्रह गरेका छन् । 

354556125_297836542680091_2068105475203197625_n1687786721.jpg

प्रकाशित मिति: सोमबार, असार ११, २०८०  १९:२१
प्रतिक्रिया दिनुहोस्