Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

ग्लोबल लघुबित्तमा तालाबन्दी गर्ने दुई जना पक्राउ

मंगलबार, असार १२, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिममा लघुबित्तिय संस्थाको कार्यालयमा तालाबन्दी गर्ने दुई जना पक्राउ परेका छन् । जिल्लाको आठविसकोट नगरपालिका वडा नम्वर –९ राडिबजार स्थित ग्लोबल आईएमई लघुबित्त बित्तिय संस्थामा तालाबन्दी र संस्थाको बोर्ड च्यातेको आरोपमा दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले दिनुभएको जानकारी अनुसार पक्राउ पर्नेहरुमा जिल्लाको आठविसकोट नगरपालिका –५ रिम्का निवासी २५ वर्षिय महेश बस्नेत र आठविसकोट नगरपालिका –९ राडि निवासी ४० वर्यिाय कुबेर ओली रहनुभएको छ । 

सोमबार पक्राउ परेका दुबै जनालाई अभद्र व्यवहार मुद्धा शिर्षकमा मुद्धा दर्ता गरेर जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमबाट सात दिनको म्याद थप गरेर थप अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक खड्काले जानकारी दिनुभयो । 

आईतबार बेलुका उनीहरुले लघुबित्तको कार्यालयमा तालाबन्दी गर्नुका साथै कार्यालयको साईन बोर्ड निकालेर च्यातेका थिए । पक्राउ परेका दुबै जना नेकपा (बिप्लव निकट) सहायक संगठन युवा संघ नेपालका कार्यकर्ता हुनुहुन्छ । बस्नेत संगठनको केन्द्रिय सदस्य हुनुहुन्छ । 

पार्टीमा लघुबित्तबाट पीडित भएकाहरुको निवेदन प्राप्त भएको भन्दै सर्वसाधारणहरुको रकम मनोमानि तरिकाले चलाएको, चर्को ब्याज असुल गर्ने गरेको, जम्मा गरेको पैसा फिर्ता नगरेको कारण बैंकमा तालाबन्दी गरेर साईनबोर्ड च्यातिएको बस्नेतले उल्लेख गर्नुभएको छ ।  

युवा संगठनले आठविसकोट क्षेत्रका करिब १८ जना सर्वसाधारणहरु लघुबित्तबाट ठगिएको आरोप लगाएको छ । बैंकले १४ वर्षसम्म ग्राहकको खातामा रहेको रकम निकाल्न नपाउने भन्दै किस्ता तिरिसकेका ग्राहकको रकम समेत नदिएको पीडितहरुको आरोप रहेको छ ।

युवा संगठनले पटक पटक रकम फिर्ता गर्न ताकेता गर्दापनि अटेरी गरेकोले तालाबन्दी गरेको जनाएको थियो । 
 

प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  ०९:३८
प्रतिक्रिया दिनुहोस्