Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

स्यार्पु तालमा डुबेर बालिका बेपत्ता

मंगलबार, असार १२, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिमको बँफिकोट गाउँपालिका ३ र ५ मा रहेको स्यार्पूतालमा डुबेर एक जना बालिका बेपत्ता भएकीछीन् । 

बाँफिकोट गाउँपालिका वडा नम्वर ३ निवासी डिलबहादुर बिककी ११ वर्षिय छोरी टिका बिक मंगलबार दिउँसो पोडि खेल्ने क्रममा डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्का अनुसार स्यार्पुताल माध्यमिक विद्यालयमा कक्षा ४ मा अध्ययनरत बिक साथीहरुसँग पौडि खेल्न तालमा गएको बेला डुबेर बेपत्ता भएकी हुन् । उनीसँग गएका अन्य साथीहरु सकुशल रहेको बताईएको छ ।

बेपत्ता बालिकाको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  १६:१९
प्रतिक्रिया दिनुहोस्