Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

बजेटप्रति असुन्तुष्टि जनाउँदै वडाध्यक्षद्वारा राजीनामा

मंगलबार, असार १२, २०८०
tribeni2

दाङ । दाङमा एक जना वडा अध्यक्षले पदबाट राजीनामा दिनुभएकाे ५ । घोराही उपमहानगरपालिका –८ का वडा अध्यक्ष जितेन्द्र शाहले पदबाट राजीनामा दिनुभएको हाे । उहाँले आज मङ्गलवार घाेराहीका नगर प्रमुख नरुलाल चौधरीलाई राजीनामा पत्र बुझाउनु भएको छ ।

उपमहानगरले असार १० गते ल्याएको बजेटप्रति असुन्तुष्टि जनाउँदै वडाध्यक्ष शाहले पदबाट राजीनामा दिएको स्रोतले बताएको छ । वडामा प्रयाप्त बजेट विनियोजन नगरेको भन्दै उहाँले पदबाट राजीनामा बुझाएको बताइएकाे छ । वडाध्यक्ष शाहको राजीनामा स्वीकृत भने भइसकेको छैन ।

गएकाे पालिका चुनावमा शाह नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो । घोराही उपमहानगरमा मेयर र उपमेयर पनि एमालेबाटै निर्वाचित छन् ।

प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  २०:४६
प्रतिक्रिया दिनुहोस्