Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

चौरजहारीको जङगलमा नवजात शिशुको शव फेला

मंगलबार, असार १२, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिमको चौरजहारी नगरपालिका –३ मा रहेको जङगलमा मंगलबार बेलुका एक नवजात शिशुको शव फेला परेको छ । 

स्थानीय मैखारा तिमिलेचौर सामुदायीक वनमा नवजात शिशुको शव फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका अनुसार उक्त सामुदायिक वनस्थित मध्यपहाडि राजमार्गबाट अमलाचौर जाने कच्चि रोडदेखि ३१ मिटर परको खोल्सामा शिशुको शव फेला परेको हो ।

स्थानीयले दिएको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय चौरजहारीबाट प्रहरी निरीक्षक झलक प्रसाद शर्माको नेतृत्वमा गएको प्रहरी टोलीले शव फेला पारेको हो । 

गुलाबी रङगको फाईबरको कपडामा बेरेको अवस्थामा शव फेला परेको प्रहरी निरीक्षक खड्काले जानकारी दिनुभयो । शिशुको शव जिल्ला अस्पताल सल्लेमा ल्याईएको र अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ । 
 

प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  ०८:११
प्रतिक्रिया दिनुहोस्