Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
नीति तथा कार्यक्रम

चौरजहारीका तीन सडक सहिदको नाममा नामाकरण

नीति तथा कार्यक्रममा गुणस्तरिय शिक्षा, कृषि र स्वरोजगारलाई जोड
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिमको चौरजहारी नगरपालिका भित्र निर्माण भएका तीन वटा सडकको नाम सहिदको नाममा नामाकरण गरिएको छ ।

चौरजहारी नगरपालिकाको १७ औं नगर सभाबाट सहिदको नाममा नगरपालिका भित्रका मुख्य तीन सडकको नामाकरण गर्ने निर्णय भएको हो । चौरजहारी नगरपालिकाका प्रवक्ता खुमबहादुर खड्काका अनुसार तत्कालिन जनयुद्धका क्रममा सहादत प्राप्त चौरजहारीका तीन सहितको नाममा तीन सडकको नामाकरण गरिएको हो । 

सभाले चौरजहारी–विजयश्वरी–मेलैनाउली–चौफा–नुवाकोट सडकलाई सहिद  यज्ञस्वर स्मृति सडक नामाकरण गर्ने निर्णय गरेको छ । प्रवक्ता खड्काले मनकोट–खहरे–लहरेसिमल–मानाकोट–खोलागाउँ–गरुले सडकखण्डलाई शान्त स्मृति सडक र कोटजहारी–नाउलीवजार–जुम्लीपोखरी–तिमिले–नुवाकोट सडकलाई पुर्ण स्मृति सडक नामाकरण गरिएको बताउनुभयो । 

नगर सभाले आगामी आर्थिक वर्ष ०८०/८१ को नीति तथा कार्यक्रमबाट दिर्घकालिन महत्व र जनमैत्री योजना पास गरेको नगर प्रमुख पुष्प वादीले जनाउनुभयो । उहाँका अनुसार  पढनको लागि आर्थिक समस्या भएका विद्यार्थीहरुलाई विद्यार्थी सहायता कोषको स्थापना गर्ने नीति तथा कार्यक्रम पास भएको छ भने शिक्षासँग श्रम कार्यक्रम लागु गर्ने निर्णय समेत गरिएको छ ।

नगर प्रमुख वादीले शीतल माध्यामिक विद्यालय चौरजहारी र हिमालय माध्यामिक विद्यालय खोलागाउँलाई आवासिय सुविधा सम्पन्न मेगा विद्यालयको रुपमा अगाडी वढाउने र अतिथि शिक्षक शिक्षण कार्यक्रम लागु गरिने नीति लिईएको जानकारी दिनुभयो । 

नगरसभाले एक वडा एक नमुना उत्पादन कार्यक्रम संचालन गर्ने, कृषिमा आधारीत उद्योग व्यवसायलाई प्रवद्र्धन गरी कृषकको उत्पादनलाई खरिद गरेरे वजारीकरणमा सहजिकरण गर्ने नीति तथा योजना पास गरेको छ । 

बीउ उद्योग स्थापना गरी प्याकेजिङ, लेवलिङ, व्रान्डीङ गरी निर्यातको प्रवन्ध गर्ने र कृषि तथा पशु एम्वुलेन्स संचालन गर्ने नीति समेत नगर सभाले पास गरेको छ । यस कार्यले उत्पादन र स्वरोजगारमा टेवा पुग्ने विश्वास नगरपालिकाले लिएको नगर प्रमुख वादीले उल्लेख गर्नुभयो ।

नगरपालिका भित्रका मूख्य सडक र वडा कार्यालयसम्मका सडकहरुलाई आगामी चार वर्ष भित्र कालोपत्रे गर्ने, पूर्वाधारको दिगोपना र गुणस्तर कायमका लागि नगरपालिकामा पूर्वाधार ल्याव स्थापना गर्ने, सुख्खा डाँडा र नदी किनारका फाँटहरुमा विरुवा रोप्ने अभियान संचालन गरी हरित चौरजहारी नगरपालिकाको रुपमा विकास गर्ने नीति तथा कार्यक्रम चौरजहारीले अघि सारेको छ । 

त्यसैगरी विभिन्न औपचारीक कार्यक्रमहरु निर्धारित समयमा सुरु र अन्त्य गर्ने संस्कारको विकास गर्ने, गाउँस्तरमा गर्भवती महिलाहरुको लागि भिडियो एक्सरे सेवा प्रदान गर्ने र बैंकहरुको सहकार्यमा समाजिक सुरक्षा भत्ता वितरणको कार्यक्रमलाई वडा स्तरवाट संचालन गर्ने नीति तथा कार्यक्रम हालै सम्पन्न चौरजहारीको नगर सभाले पास गरेको छ । 

प्रकाशित मिति: बुधबार, असार १३, २०८०  ०८:५७
प्रतिक्रिया दिनुहोस्