Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

स्यार्पुतालमा बेपत्ता बालिकाको शव फेला

बुधबार, असार १३, २०८०
tribeni2

रुकुम पश्चिम । पौडि खेल्ने क्रममा डुबेर बेपत्ता भएकी बालिकाको शव फेला परेको छ ।

मंगलबार रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा रहेको स्यार्पुतालमा डुबेर बेपत्ता भएकी बालिकाको शव बुधबार फेला परेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्का अनुसार बाँफिकोट गाउँपालिका वडा नम्वर ३ निवासी डिलबहादुर बि.क.की ११ वर्षिय छोरी टिका बि.क.को शव फेला पारेर तालबाट निकालिएको हो । 

स्यार्पुताल माध्यमिक विद्यालयमा कक्षा ४ मा अध्ययनरत बि.क. साथीहरुसँग पौडि खेल्न तालमा गएको बेला डुबेर बेपत्ता भएकी थिईनन् । उनीसँग गएका अन्य साथीहरु सकुशल रहेका थिए ।

स्थानीयवासी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतको टोलीले बेपत्ता बालिकाको खोजी कार्यमा संलग्न रहेका थिए । 
 

प्रकाशित मिति: बुधबार, असार १३, २०८०  १५:४०
प्रतिक्रिया दिनुहोस्