Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

एमाले रुकुम पश्चिमले एक हजार ८६ जना नयाँ पार्टी सदस्यलाई सपथ खुवाउने

बुधबार, असार १३, २०८०
tribeni2

रुकुम पश्चिम । नेकपा एमाले रुकुम पश्चिमले एक हजार ८६ जना संगठित पार्टी सदस्यलाई सपथ खुवाउने भएको छ । 

बुधबार मुसिकोट नगरपालिकाकाे बागबजारस्थित पार्टी कार्यालमा बसेको १० औ जिल्ला कमिटी बैठकले उक्त निर्णय गरेको हो । 

नेकपा एमालेका सचिव लेखराज भट्टको प्रमुख आथित्यतामा बसेको बैठकले पार्टीमा संगठित नयाँ सदस्यहरुलाई सपथ खुवाउने र पुरानाहरु संगठित सदस्यहरुको सदस्यता नविकरण गर्ने निर्णय गरेको कार्यालय सचिव भिमराज ओलीले जानकारी दिनुभयो । 

बैठकमा प्रशिक्षण मुलक छोटो मन्तव्य राख्नुभएका सचिव भट्टले नेपालका कम्युनिष्टहरु एक हुनुपर्ने र त्यसको नेतृत्व एमालेले गर्ने बताउनुभयो । 
नेकपा एमालेले रुकुममा सुरु गरेको मिसन ग्रासरुट कार्यक्रमको क्रममा एक हजार ८६ जनाले पार्टीको संगठित सदस्यता लिएका थिए । ति नयाँ सदस्यहरुलाई सम्बन्धि पालिकामै कार्यक्रम आयोजना गरेर सपथ खुवाईने बताईएको छ ।

असार १६ गतेदेखि २२ गतेसम्म जिल्लाका ६ वटै पालिकामा कार्यक्रम आयोजना गर्ने र सोहि अवसरमा सपथ खुवाउने कार्यक्रम तय गरिएको कार्यालय सचिव ओलीले जानकारी दिनुभयो । 

जिल्ला अध्यक्ष नन्दराम देवकोटाको अध्यक्षतामा बसेको बैठकमा नेकपा एमालेका पोलिटव्युरो सदस्य एवम् रुकुम ईन्चार्ज गुलाबजंग शाह, बाँके ईन्चार्ज खेममान खड्का लगायतको आतिथ्यता रहेको थियो । बैठकको सञ्चालन पार्टी जिल्ला सचिव शशिराम नेपालीले गर्नुभएको थियो ।

प्रकाशित मिति: बुधबार, असार १३, २०८०  १९:२०
प्रतिक्रिया दिनुहोस्