Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

नेकपाको आत्मनिर्भर नीति : रुकुममा ३० कठ्ठा जमिनमा रोपाईँ गर्दै

बिहीबार, असार १४, २०८०
tribeni2

रुकुम पश्चिम । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले  रुकुम पश्चिममा धान रोपाई अभियान सुरु गरेको छ । 

'आत्मनिर्भर कार्यकर्ता, आत्मनिर्भर पार्टी र आत्मनिर्भर देश' भन्ने नीतिका साथ पार्टीले अघि सारेको उत्पादनमुखि योजना अनुसार रुकुम पश्चिममा करिब ३० कठ्ठा जमिनमा धान रोपाई गर्न लागिएको पार्टीका चौरजहारी र त्रिवेणी पालिकाका कमाण्ड ईन्चार्ज धनु ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाको आठविसकोट नगरपालिका वडा नम्वर ७ खारखारमा पार्टीले धान रोप्न सुरु गरेको हो । 

पार्टीका केन्द्रिय सदस्य चन्द्र बुढाको नेतृत्वमा पार्टीका कार्यकर्ता र स्थानीयको साथमा धान रोपाई सुरु गरिएको ईन्चार्ज ओलीले जनाउनुभयो । 

असार १० गतेदेखि ३० गते सम्म पार्टीले रोपाई अभियान सुरु गरेको र सोहि अन्तर्गत बिहिबार खारखारामा रहेको करिब पाँच कठ्ठा  खेतमा धान रोपिएको उहाँले बताउनुभयो । असार मसान्त सम्ममा ३० कठ्ठा जग्गामा रोपाईँ सक्ने लक्ष्य रहेको ओलीले उल्लेख गर्नुभयो । 

पार्टीले आत्मनिर्भर उत्पादन र आत्मनिर्भर नीतिलाई अगाडि सारेकोले जिल्ला पार्टी पनि उत्पादनका काममा निरन्तर जोडिएको ओलीले बताउनुभयो । पार्टीले सञ्चालन गरेको श्रम र उत्पादनको काममा स्थानीय जनताको पुरा साथ रहेको बताईएको छ । 

प्रकाशित मिति: बिहीबार, असार १४, २०८०  १९:१०
प्रतिक्रिया दिनुहोस्