Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पश्चिमका विभिन्न स्थानमा करिब नौ सय विरुवा रोपियो

बिहीबार, असार १४, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिमका विभिन्न स्थानहरुमा करिब नौ सय विरुवा रोपिएको छ ।  

राष्ट्रिय वृक्षारोपण दिवस २०८० को अवसरमा डिभिजन वन कार्यालय रुकुम पश्चिमले बिहिवार जिल्लाका विभिन्न स्थानहरुमा ८७१ विरुवा रोपिएको जानकारी दिएको छ । 

डिभिजन वन कार्यालयको आयोजनामा जिल्लाका विभिन्न आठ स्थानमा वृक्षारोपण कार्यक्रम आयोजना गरेर विरुवा रोपिएको कार्यालय प्रमुख शेरबहादुर परियारले जानकारी दिनुभयो । 

उहाँका अनुसार मुसिकोट नगरपालिका ५ को सेरीगाउँ देखि मुसिकोट नगरपालिका ३ को पिपलनेटा जाने सडकछेउमा ४७० विरुवा रोपिएको छ । मध्यपहाडि राजमार्ग अन्तर्गतको उक्त क्षेत्रमा कपुर, बेल, गोल्मोहर, कल्की, सिसौ, तेजपात, छतिवन प्रजातिका बिरुवा रोपिएको हो । 

त्यसैगरी त्रिभुवन जनता मावि खलंगामा २० वटा, त्रिवेणी गाउँपालिका १० गैरीखेतामा २० वटा, त्रिवेणी डाँडा मुरुडाँडाको विद्यालय परिसरमा २२० वटा र चौरजहारी नगरपालिका १० शहिद पार्कमा २५ वटा विरुवा रोपिएको छ । 

चौरजहारी नगरपालिका ११ सर्किना टाटा बजारमा २५ वटा, बाँफिकोट गाउँपालिकाको छिनखेतस्थित विद्यालय परिसरमा ५० वटा र मुसिकोट नगरपालिका ७ स्थित रिनदह परिसरमा ४१ वटा विभिन्न प्रजातीका विरुवाहरु रोपिएको डिभिजन वन कार्यालयले जनाएको छ ।  

357086970_214336841561914_7356131668723472593_n1688048036.jpg

प्रकाशित मिति: बिहीबार, असार १४, २०८०  १९:५४
प्रतिक्रिया दिनुहोस्