Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

बाँफिकोटमा १८ हजार बढी फलफूलका विरुवा रोपिए

शुक्रबार, असार १५, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाका तीन वडामा १८ हजार बढी फलफूलका विरुवा रोपिएको छ । गाउँपालिकाको वडा नम्वर ६, ८ र ९ मा सुन्तला, कागती र किविका १८ हजार एक सय विरुवा रोपिएको हो । 

बाँफिकोट गाउँपालिकाका कृषि शाखा प्रमुख लोकेन्द्र ओलीका अनुसार १३ हजार पाँच सय सुन्तला, चार हजार कागती र ६ सय किविका बिरुवा रोपिएको हो । 

सबैभन्दा बढी वडा नम्वर ८ को दुलिमा आठ हजार सुन्तला र चार हजार कागतीका विरुवा रोपिएको छ । त्यसैगरी वडा नम्वर ९ मा एक हजार चार सय सुन्तला रोपिएको छ भने वडा नम्वर ६ स्यालामा चार हजार एक सय सुन्तलाका विरुवा रोपिएको शाखा प्रमुख ओलीले जानकारी दिनुभयो । स्यालामै ६ सय किविका बिरुवा रोपिएको छ । 

गाउँपालिकाको शसर्त अनुदान कार्यक्रम अन्तर्गत सञ्चालित कृषि व्यवसाय प्रवद्र्धन कार्यक्रमबाट किसानहरुलाई फलफूलका विरुवा उपलब्ध गराईएको गाउँपालिकाले जनाएको छ । 

357615738_654613879485606_8112895306091706445_n1688096768.jpg

बाँफिकोट गाउँपालिका वडा नम्वर ६ का किसान समकृती पुनले गाउँपालिकाले उपलब्ध गराएका विरुवाहरु रोपिसकेको बताउनुभयो ।

युवा सिर्जनशील कृषि तथा पशुपंक्षी फर्म सञ्चालन गरिरहनुभएकी उहाँले वडालाई सुन्तला पकेट क्षेत्रका लागि बजेट व्यवस्थापन गर्न अनुरोध गरिएको जानकारी दिनुभयो । स्याला टोलमा मात्रै अझै करिब सात हजार सुन्तलाका विरुवाहरु रोप्ने योजना रहेको उहाँले बताउनुभयो । 

स्याला टोलमा मात्रै हालै चार हजार एक सय सुन्तलाको विरुवाहरु सामुहिक रुपमा रोपिएको र उक्त कार्यमा किसानहरु अत्यन्तै हर्षित भएर सहभागी भएको पुनले बताउनुभयो । स्याला टोलका ३६ घर यस कार्यबाट प्रत्यक्ष लाभान्वित हुने उहाँको भनाई रहेको छ । 

फलफूल उत्पादनका हिसाबले प्रशस्त सम्भावना बोकेको यस क्षेत्रका किसानहरुले स्थानीय सरकार समक्ष  चिस्यान केन्द्रको लागि माग गरेका छन् । 

प्रकाशित मिति: शुक्रबार, असार १५, २०८०  ०९:२७
प्रतिक्रिया दिनुहोस्