Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

पहाडी क्षेत्र विकास अभियान २५ औं बर्षमा प्रबेश, रजत महोत्सव मनाउदै

अध्यक्षमा प्रदिपजंग शाह निर्विराेध चयन
शनिबार, असार १६, २०८०
tribeni2

जाजरकोट । पहाडी क्षेत्र विकास अभियान जाजरकोटले आफ्नो स्थापनाको २५ औं बर्ष प्रवेश गरेको छ । 'दिगो विकासका लागि सहकार्य' भन्ने मूल नाराका साथ २०५५ असार १५ गते स्थापना भएको संस्थाले शुक्रवार एक कार्यक्रमको आयोजना गरि २५ औं स्थापना दिवस मनाएको हो ।

यस अवसरमा शुक्रवार संस्थाको १७ औं साधारण सभा तथा अधिवेशन पनि सम्पन्न गरेको छ । साधारण सभाबाट ११ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । अध्यक्षमा  प्रदिपजंग शाह निर्विराेध निर्वाचित हुनुभएको छ भने खुल्ला उपाध्यक्ष हिरा परियार, समाबेशी उपाध्यक्ष हजारी नेपाली, महासचिवमा राजु के सी, कोषाध्यक्षमा दिपनारयण कार्की, सचिवमा गणेश जैसी चयन हुनुभएकाे छ । त्यसैगरी सदस्यमा मित्रगणेश श्रेष्ठ र शेरजंग शाह निर्वाचित हुनुभएको संस्थाका कार्यकारी निर्देशक रण बहादुर कार्कीले बताउनु भयो । संस्थामा कार्यसमितिले ३ जना सदस्य मनोनयन गरि जम्मा ११ सदस्यीय कार्य समिति रहने समेत कार्कीले बताउनुभयो ।

संस्थाको १७ औं साधारण सभा तथा अधिवेशन काे उद्घाटन सत्रमा जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख कालि बहादुर खत्रीको प्रमुख आतिथ्यता रहेकाे थियाे भने जिल्ला समन्वय उपप्रमुख दल बहादुर सिंह, जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रशासकिय अधिकृत हरिष्चन्द्र शर्मा लगायत जिल्लास्थित कार्यालय तथा  विभिन्न संघ संस्थाका  प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेकाे  थियो ।

संस्था २५ बर्षमा प्रबेश गरेको सन्दर्भमा २५ बर्षका २५ उपलब्धि समेत सार्वजनिक गरेको छ । संस्थाले सार्वजनिक गरेका २५ बर्षका २५ उपलब्धि निम्न छन् ।

प्रकाशित मिति: शनिबार, असार १६, २०८०  ०७:५०
प्रतिक्रिया दिनुहोस्