Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
प्रेस काउन्सिल

प्रेस काउन्सिल नेपालले मनायो स्वर्ण महोत्सव

काठमाडौं ७ भदौ ।
tribeni2

प्रेस काउन्सिल नेपालले सोमबार स्वर्ण महोत्सव मनाएको छ । राष्ट्रपति कार्यालय शितल निवासमा भएको बिशेष समारोहमा बोल्दै राष्ट्रपति बिद्यादेवी भण्डारीले प्रेस काउन्सिल नेपालको भुमिकालाई अझै प्रभावकारी बनाउन सुझाव दिनुभएको छ । नेपाली पत्रकारिता क्षेत्रलाई मर्यादित बनाउन प्रेस काउन्सिल नेपालले खेलेको भुमीकाको प्रशंशा गर्दै राष्ट्रपति भण्डारीले आगामी दिनमा पनि पत्रकारिता क्षेत्रमा अनुशासन कायम गर्न काउन्सिलले भुमिका खेल्नेमा विस्वास व्यक्त गर्नुभयो । नेपालले विश्व प्रेस काउन्सिलमा आबद्ध भएर नेपाली प्रेसबारे विश्वलाई जानकारी गराएको भन्दै उहाँले हालै अजरबैजानमा सम्पन्न सम्मेलनबाट प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ महासचिव निर्वाचित हुनुभएकोमा बधाई ज्ञापन गर्नुभयो ।

कार्यक्रममा गोपालदास पत्रकारिता पुरस्कारबाट हाँक साप्ताहिकका प्रकाशक गोविन्दबहादुर थापासहित विभिन्न बिधामा २५ जना पत्रकारलाई पुरस्कृत गरिएको थियो । कार्यक्रममा बोल्दै सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले सरकारले पत्रकारिता क्षेत्रमा आर्थिक पारदर्शिताका लागी विज्ञापन सम्बन्धी बिशेष व्यवस्था गर्ने बताउनुभयो । उहाँले मन्त्रालयले विज्ञापन प्रणालीमा पारदर्शिता ल्याउन र सञ्चारमाध्यम तथा पत्रकारिता क्षेत्राई पारदर्शि बनाउन नयाँ व्यवस्था गर्न लागिएको जानकारी दिनुभयो । मन्त्रालयले तयार पारेको ड्राफ्ट राष्ट्रपतिसमक्ष पेश गरेर पारित भएपछि कार्यान्वयन गरिने बताउनुभयो । मन्त्री बाँस्कोटाले अहिलेको पत्रकारिता हेडलाईनकारिता तर्फ उन्मुख भएको भन्दै असन्तुष्टी पोख्नुभएको छ । उहाँले पत्रकारहरु आफैँ अनुशासनमा नबाँधीएका कारण समस्या भएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठले बदलिदो परिवेशअनुसार पत्रकारका लागि नयाँ आचारसंहिता जारी भएको जानकारी दिनुभयो । उहाँले पत्रकारिता पेशामा भएका विकृती हटाउन र पत्रकारितालाई मर्यादित बनाउन प्रेस काउन्सिल नेपालले कडा कदम चाल्ने बताउनुभयो । सामाजीक सञ्जालले ल्याएको विकृती हटाउन काउन्सिल कटिबद्ध रहेको र आचारसंहिता अनुसार कारबाही अघि बढाउने बताउनुभयो । पछिल्लो समय सामाजीक सञ्जाललाई नै पत्रकारिता मान्ने प्रवृती बढेको प्रती लक्षीत गर्दै उहाँले पत्रकारले सामाजीक सञ्जालको प्रयोग गर्दा पनि ध्यान दिन आग्रह गर्नुभयो । कार्यबाहक अध्यक्ष श्रेष्ठले नेपालको प्रेस अभ्यास विश्वकै लागि उदाहरणीय भएको बताउनुभयो । कार्यक्रममा राष्ट्रपति बिद्यादेवी भण्डारीले प्रेस काउन्सिल नेपालको त्रैमासिक पत्रिका संहिता विमोचन गर्नुुभएको थियो । कार्यक्रममा पुरस्कृतको तर्फबाट बोल्दै पत्रकार डाक्टर सुरेश आचार्यले पुरस्कारले पेशाप्रती अझै जिम्मेवार बनाएको बताउनुभयो ।

प्रकाशित मिति: मंगलबार, असोज ७, २०७६  ११:०९
प्रतिक्रिया दिनुहोस्