Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

बटालियन बस अब चाईनाबगरबाट  बाग्लुङ, पोखरा हुँदै काठमाडौं

आइतबार, असार १७, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिमबाट काठमाडौ जानको लागि बटालियन यातायात प्रा.लि.ले यातायात सेवा सुरु गरेको छ । 
हालै बटालियन यातायात प्रा.लि.ले रुकुम पश्चिमको सानीभेरी गाउँपालिका १ चाईनाबगरबाट मुसिकोट रुकुम पूर्व, बाग्लुङ, पोखरा हुदै काठमाडौको लागि डिलक्स बस सेवा सुरु गरेको जनाएको छ । खलंगा काउन्टर ईन्चार्ज रमेश गिरीका अनुसार सुविधा सम्पन्न डिलक्स बस सेवा सञ्चालन गरिएको हो । 

यससँगै मध्यपहाडी राजमार्ग प्रयोग गरेर काठमाडौ जानको लागि यात्रुहरुलाई थप सहज हुने विश्वास गरिएको छ । 
यस अघि दुई वटा यातायात प्रा.लि.ले रुकुम पश्चिमबाट बाग्लुङ, पोखरा हुँदै काठमाडौंको लागि बस सञ्चालन गरेका थिए ।

घोडाघोडि यातायात प्रा.लि.ले चौरजहारीबाट र कमलताल यातायात प्रा.लि.ले सानीभेरीको सिम्लीबाट काठमाडौंको लागि बस छुटाउने गरेका थिए ।

बटालियन यातायात प्रा.लि.ले भने चाईनाबगरबाट बस छुटाउने गरी सेवा सुरु गरेको हो । पूर्वि यातायात प्रा.लि.सँगको समन्वयमा बटालियन प्रा.लि.ले उक्त सेवा सुरु गरेको जनाएको छ । 

अब चाँडै नै रुकुम पश्चिमको खोलागाँउ र आठबिसकोटसम्म उक्त सेवा बिस्तार गरिने बताईएको छ । 

प्रकाशित मिति: आइतबार, असार १७, २०८०  ११:१५
प्रतिक्रिया दिनुहोस्