Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

प्रेमिका कार्यकक्षमै कुटिएपछि अदालत बन्द

आइतबार, असार १७, २०८०
tribeni2

रुकुम पश्चिम । ललितपुर अदालतका कर्मचारी कुटिएको बिरोधमा आज देशभरका अदालतमा काम कारबाहि बन्द गरिएको छ ।

बिहान १० बजेदेखि १ः३० बजेसम्मको लागि अदालतका काम कारबाहि बन्द गर्न कर्मचारीका विभिन्न पेशागत संगठनहरुले आह्वान गरे अनुसार जिल्लाभरका अदालतमा साढे तीन घण्टा काम कारबाहि बन्द गरिएको हो । 

उक्त आह्वान अनुसार रुकुम पश्चिमस्थित रुकुम जिल्ला अदातलमा पनि कामकाज बन्द गरिएको छ । 

ललितपुर जिल्ला अदालतमा कार्यरत नायब सुब्बा प्रेमिका तामाङलाई कार्यकक्षमै कुटपिट भएको भन्दै कामकाज बन्द गरिएको हो ।

तामाङलाई कानून व्यवसायी अमिर लामिछानेले गत असार १३ गते हातपात तथा कुटपिट गरेर घाईते बनाएको नेपाल निजामती कर्मचारी संगठनका केन्द्रिय सदस्य जसबिर खत्रीले बताउनुभयो ।

आक्रमणकारीलाई कारबाहिको माग गर्दै आज देशभरका अदालतको कामकारबाहि बन्द गर्ने क्रममा रुकुम अदालतमा पनि ऐक्यबद्धता जनाईएको खत्रीले जनाउनुभयो । आज बिहान १० बजेदेखि दिउँसो १ः३० बजेसम्म मात्र अदालतका कामबाहि बन्द हुने उहाँले उल्लेख गर्नुभयो । 

प्रकाशित मिति: आइतबार, असार १७, २०८०  ११:४०
प्रतिक्रिया दिनुहोस्