Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

शीतलपोखरीमा मोटरसाईकलले ठक्कर दिदा एक बालक गम्भिर घाईते

आइतबार, असार १७, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिमको मुसिकोट नगरपालिका ४ शीतलपोखरीमा मोटरसाईकलले ठक्कर दिँदा एक बालक गम्भिर घाईते भएका छन् । 

आईतबार बेलुका पाँच बजेको समयमा भएको दुर्घटनामा परेर रुकुम पूर्वको सिस्ने गाउँपालिका ८ निवासी १३ वर्षिय भागिराम बस्याल घाईते भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका अनुसार मुसिकोट नगरपालिका ५ गैरीखेतस्थित फुपुको घरमा आएका बस्याल शीतलपोखरी आएको बेला मोटरसाईकलले ठक्कर दिएको हो । घाईते बस्यालको टाउको र बाँया खुट्टामा चोट लागेको र अवस्था गम्भिर रहेको बताईएको छ ।

घाईते बालकलाई मुसिकोट नगरपालिका १ मा रहेको मनकामना अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारको लागि नेपालगञ्ज रिफर गरिएको छ । 

प्रहरी निरीक्षक खड्का अनुसार मुसिकोट नगरपालिका १ निवासी २३ वर्षिय मिलन परियारले चलाएको गण्डकी प्रदेश ०४ - ००१ प ५२७७ नम्वरको मोटरसाईकलले बालकलाई ठक्कर दिएको हो ।

चालक परियारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चालकको पनि खुट्टामा चोट लागेको बताईएको छ । 

प्रकाशित मिति: आइतबार, असार १७, २०८०  २०:४२
प्रतिक्रिया दिनुहोस्