Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सुत्केरी हुन नसकेपछि हेलिकप्टर मार्फत उद्धार

आइतबार, असार १७, २०८०
tribeni2
  • सत्य बटाला

रुकुम पश्चिम । रुकुम पश्चिममा सुत्केरी व्यथा लागेकी एक महिलालाई हेलिकप्टर मार्फत उद्धार गरिएको छ ।

जिल्लाको आठविसकोट नगरपालिका वडा नम्वर ३ की २१ वर्षिया मनिषा शाहीलाई उद्धार गरिएको हो । 

सुत्केरी व्यथा लागेको लामो समयसम्म सुत्केरी हुन नसकेपछि हेलिकप्टर मार्फत उद्धार गरेर शाहीलाई सुर्खेत पठाईएको जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ । 

सुत्केरी व्यथा लागेकी उहाँलाई स्यालाखदी स्वास्थ्य चौकीमा पुर्याईएको थियो । त्यहाँ सुत्केरी हुन नसकेपछि र अवस्था जटिल बन्दै गएपछि राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत हेलिकप्टरद्वारा उद्दार गरिएको हो ।

शाहीलाई नेपाली सेनााको हेलिकप्टर मार्फत सुर्खेत पठाईएको हो । 

प्रकाशित मिति: आइतबार, असार १७, २०८०  २०:५२
प्रतिक्रिया दिनुहोस्