Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मौराखारालाई एक हजार १५० टिमुरका बिरुवा प्रदान

सोमबार, असार १८, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिमको आठविसकोट नगरपालिका -१४ स्थित मौराखारा कृषि सहकारी संस्था लिमिटेडलाई एक हजार १५० वटा टिमुर प्रजातीका बिरुवा प्रदान गरिएको छ ।

डिभिजन वन कार्यालय रुकुम पश्चिमले ती विरुवाहरु प्रदान गरेको हो ।

डिभिजन वन कार्यालयका प्रमुख शेर बहादुर परियारका अनुसार कार्यालयले सञ्चालन गरेको जडिबुटी विकास कार्यक्रम अन्तर्गत सहकारी संस्थालाई विरुवा उपलब्ध गराईएको हो ।

सहकारी संस्थाका सदस्यहरुको लागि टिमुरका विरुवा वितरण गरिएको हो । सहकारीका सदस्यहरुले आवश्यकता अनुसार विरुवा लिएर तत्कालै रोप्ने बताईएको छ ।

प्रकाशित मिति: सोमबार, असार १८, २०८०  १२:०४
प्रतिक्रिया दिनुहोस्