Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

असार २९ मा रुकुम पश्चिमलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिने 

सोमबार, असार १८, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिमलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्लाको रुपमा घोषणा गरिने भएको छ । 

सोमबार बसेको जिल्ला खोप समन्वय समितिको बैठकले आगामी असार २९ गते जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्लाको रुपमा घोषणा गर्ने निर्णय गरेको हो । त्यसका लागि एक हप्ता भित्रमा जिल्लाका तीन गाउँपालिका र तीन नगरपालिकालाई पूर्ण खोप पालिका घोषणा गरिसक्ने निर्णय बैठकले गरेको छ ।

पालिकाहरुले सम्पूर्ण प्रक्रिया पुरा गरेर जिल्ला खोप समन्वय समितिमा सिफारिस समेत गरिसकेकोले एक हप्ता भित्रमा जिल्लाका ६ वटै पालिका पूर्ण खोप सुनिश्चित घोषणा भैसक्ने जिल्ला स्वास्थ्य सेवा कार्यालयका खोप सुपरभाईजर कृष्णा खड्काले जानकारी दिनुभयो । उहाँले पालिकाहरु पूर्ण खोप सुनिश्चित घोषणा गर्नू अगावै तेस्रो पक्ष अनुगमन समेत गर्ने निर्णय बैठकले गरेको बताउनुभयो । 

बैठकमा स्वास्थ्य सेवा कार्यालयका जनस्वाथ्य अधिकृत कालि बहादुर ओलीले पूर्ण खोप घोषणा तथा सुनिश्चितताको लागि गरिएका विभिन्न क्रियाकलापहरु र उपलब्धिहरुको बारेमा जानकारी गराउनुभएको थियो । 

358006740_216715857991123_2375456794189539463_n1688370676.jpg

जिल्ला समन्वय समिति रुकुम पश्चिमका प्रमुख एवम् जिल्ला खोप समन्वय समितिका अध्यक्ष लुम्बिनी गौतमको अध्यक्षतामा बसेको बैठकमा समन्वय समितिका उप प्रमुख देवबहादुर बि.क., प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्त, प्रहरी नायब उपरिक्षक नमराज भट्टराई, प्रमुख अनुसन्धान अधिकृत होमराज रेग्मी, स्वास्थ्य सेवा कार्यालयमा प्रमुख डा. शुसिल पोखरेल, पत्रकार महासंघका जिल्ला अध्यक्ष लक्ष्मण केसी, नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा रुकुम पश्चिमका सभापति रमा गौतम, रुकुम उद्योग वाणिज्य संघका अध्यक्ष पलबहादुर खड्का लगायतको उपस्थिति रहेको थियो । 
 

प्रकाशित मिति: सोमबार, असार १८, २०८०  १३:३२
प्रतिक्रिया दिनुहोस्