Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
पढ्दै कमाउँदै

विद्यार्थीलाई मौरीसहितका घार, शिक्षाबाट सीप र सीपबाट उद्यम उपहार 

हेरचाह आफै, आम्दानी आफ्नै 
सोमबार, असार १८, २०८०
tribeni2

रुकुम पूर्व । रुकुम पूर्वको एक बिद्यालयमा पढ्दै कमाउदै कार्यक्रम अन्तर्गत मौरी सहितका घार वितरण गरिएको छ ।

जिल्लाको सिस्ने गाउँपालिका वडा नम्बर ५ मा रहेको रुक्मिणी माध्यामिक बिद्यालयमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत पढ्दै कमाउदै कार्यक्रम मार्फत बिद्यालयमा अध्ययनरत प्राविधिक धारतर्फका २५ जना बिद्यार्थीहरुलाई मौरी सहितका घार वितरण गरिएको छ ।

बिद्यालयका कक्षा ९, १० र ११ मा अध्ययनरत प्राविधिक धारतर्फका ईच्छुक जेहेन्दार बिद्यार्थीहरुलाई उक्त घार वितरण गरिएको बिद्यालयका प्रधानाध्यापक चन्द्र बहादुर मल्लले जानकारी दिनुभयो । मौरी सहितका घारसँगै मौरीको आहारका लागि प्रत्येक बिद्यार्थीलाई १० के.जी. चिनी समेत वितरण गरिएको प्रधानाध्यापक मल्लले जानकारी दिनुभएको छ । 

यसका साथै विद्यार्थीहरुलाई घुम्टी, धुँवादानी, पञ्जा, हुल छोप्ने झोला, ब्रस, फिडर, हाईव टुल लगायतका सामाग्री उपलब्ध गराईएको छ । घार प्राप्त गरेका बिद्यार्थीहरुले मौरीको हेरचाह आफै गर्नेछन् र आम्दानी पनि उनीहरुले नै प्राप्त गर्नेछन् । 

शैक्षिक सत्र ०७९/८० देखी यस बिद्यालयमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत पढ्दै कमाउदै कार्यक्रम संचालन गरिएको छ । बिद्यार्थीको शिक्षालाई सीप र सीपलाई उद्यममा जोड्ने उद्धेश्यले संचालनमा रहेको यस कार्यक्रम अन्तर्गत यस वर्ष १० लाख बजेटबाट बिद्यार्थीलाई उक्त मौरी सहितका घार वितरण गरिएको बिद्यालयका कृषि तथा प्राबिधिक कार्यक्रम संयोजक नविन शर्माले जानकारी दिनुभयो । 

355987034_172944162434097_8542005777663270820_n1688371091.jpg

क्रमागत तर्फ प्राप्त रकमबाट संचालित यस कार्यक्रममा गत वर्ष बिद्यालयले मौरी पालन, तरकारी तथा च्याउ खेती बाट झण्डै २ लाख आम्दानी गरेको थियो । बिद्यार्थीहरुले सैद्धान्तिक मात्र नभई व्यावहारिक ज्ञान आवश्यक हुने हुँदा यस कार्यक्रमले थप मद्धत पु¥याएको बिद्यालयले जनाएको छ । साथै बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुको पढाईमा आवश्यक आर्थिक भारमा समेत सहयोग पुगेको बताईएको छ ।

बिद्यालयका व्यवस्थापन समितिका अध्यक्ष ओम प्रकाश थापाको अध्यक्षतामा भएको मौरी सहितका घार वितरण कार्यक्रममा शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख तिलक गौतम, सिस्ने गाउँपालिका शिक्षा शाखा प्रमुख मंगलसिंह बुढा, बिद्यालयका प्रधानाध्यापक चन्द्र बहादुर मल्ल, बिद्यार्थी अभिभावक लगाएतको उपस्थिती रहेको थियो । 

प्रकाशित मिति: सोमबार, असार १८, २०८०  १३:४०
प्रतिक्रिया दिनुहोस्