प्रेम संगमको गजल गित 'निदाउन सक्दिन' बजारमा 

सोमबार, असार १८, २०८०

मलाई लागेछ यो कस्तो बानी, निदाउँन सक्दिन
नराखि तिम्रो तस्बिर सिरानी, निदाउँन सक्दिन .....

गजलकार प्रेम संगमको शब्द सिर्जना रहेको गजल गित निदाउँन सक्दिन बजारमा आएको छ ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिका १४ निवासी प्रेम बहादुर घर्ती (प्रेम संगम) को गजल गित सिडि विजय अधिकारी युटुब च्यानल मार्फत सोमबार सार्वजनिक गरिएको हो । 

प्रेम सम्बन्धमा आधारित उक्त गजल गितमा विजय अधिकारीको स्वर तथा संगीत रहेको छ । राजु कार्कीले एरेन्ज गरेको उक्त गितमा निक्स शर्मा र आभा थापाको अभिनय रहेको छ । 

दिन्सन शाहको सम्पादन रहेको उक्त गजल गितको निर्देशन सन्तोष राज बयकले गर्नुभएको हो । 

शब्द रचनाकार प्रेम संगम रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत पदमा कार्यरत हुनुहुन्छ । 


 

प्रकाशित मिति: सोमबार, असार १८, २०८०  १७:५७
प्रतिक्रिया दिनुहोस्