Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

चौरजहारीमा गाडि दुर्घटना, तीन जना घाईते

सोमबार, असार १८, २०८०
tribeni2

रुकुम पश्चिमको चौरजहारी नगरपालिका १ मा सोमबार बेलुका पाँच बजे फोर्स गाडि दुर्घटना भएको छ । 

बाग्मती प्रदेश ०१००६ ख ५०६० नम्वरको गाडि दुर्घटना हुँदा तीन जना घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्का अनुसार चौरजहारी नगरपालिका १ बसपार्कबाट चौरजहारी अस्पतालतर्फ जाने क्रममा नाखिरा गाउँमा बस दुर्घटना भएको हो । 

दुर्घटनामा परेर जाजरकोटको छेडागाड नगरपालिका १२ घर भएका १९ वर्षिय सहचालक नरेश बिटालु, सल्यानको कुमाख गाउँपालिका १ निवासी ५३ बर्षिया लक्ष्मी कुमाल र कुमाख गाउँपालिका २ निवासी १२ वर्षिय गोश राना घाईते भएको प्रहरीले जनाएको छ ।

घाईतेहरुको उपचार चौरजहारी अस्पतालमा भैरहेको छ ।  प्रहरीका अनुसार बस सह चालक बिटालुले चलाएका थिए । बस अनियन्त्रित भएर सडकको नालिमा पल्टिएको बताईएको छ । 

प्रकाशित मिति: सोमबार, असार १८, २०८०  १८:१३
प्रतिक्रिया दिनुहोस्