Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

कर्णालीका मुख्यमन्त्री शर्माको वडामा पुग्यो विद्युत लाईन 

मंगलबार, असार १९, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिमकाे चौरजहारी नगरपालिकाको वडा नम्वर १४ को तिमीलेमा केन्द्रीय बिद्युत सेवा पुगेको छ ।

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राज कुमार शर्मा सोहि वडा निवासी हुनुहुन्छ । बिद्युतको पोल र तार लाईन बिस्तार भएको लामो समयपछि हालै उक्त वडामा बिद्युत बलेको हो । 

स्थानीय भिमबहादुर केसीले वडामा पहिलोपल्ट केन्द्रिय बिद्युत सेवा आएको बताउनुभयो । लथालिङ्ग भएका बिद्युत पोल र तारको व्यवस्थापन गरेर विद्युत बालिएको हो । 

नेपाल बिद्युत वितरण केन्द्र चौरजहारी शाखाका प्रमुख दलबहादुर घर्तीले कामको जिम्मा लिएका ठेकेदारको लापरबाहिको कारण ढिलो गरेर उक्त वडामा बिद्युत सेवा पुगेको बताउनुभयो । ठेकेदार सम्पर्कमा नआएपछि बाध्य भएर कार्यालय आफैले काम गर्नु परेको शाखा प्रमुख घर्तीको भनाइ छ ।

अहिले तिमीले गाउँमा रहेको ट्रान्सर्फमरमा बत्ती लाईन पुगेको छ । सर्वसाधारणका घरहरुमा भटाभट वाइरिङ्गको कामहरु भईरहेका छन् । वडा पुरै झिलिमिली हुन भने केहि समय लाग्ने स्थानीय दिपक ओलीले जानकारी दिनुभयो । 

गाउँमा टु फेजका साना पोल र तारको अभाव भएकोले काम ढिला हुनेमा स्थानीय चिन्तित रहेका छन् । 

प्रकाशित मिति: मंगलबार, असार १९, २०८०  १७:५८
प्रतिक्रिया दिनुहोस्