Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

हावाहुरीले मकैमा क्षति गरेपछि किसान चिन्तित

मंगलबार, असार १९, २०८०
tribeni2

रुकुम पश्चिम । सोमबार राति आएको हावाहुरीले रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ३ का विभिन्न क्षेत्रमा लगाईएको मकैमा क्षति गरेको छ ।

हावाहुरीले मकैको बोट नष्ट गरेपछि यहाँका किसानहरु चिन्तित भएका छन् । सानीभेरी गाउँपालिका वडा नम्वर ३ का वडा अध्यक्ष जगदिस नकालले धानेबाला लाग्ने बेलाका मकैका बोटहरुमा हावाहुरीले क्षति पुर्याएको बताउनुभयो ।

उहाँका अनुसार वडाको खाराखाली, गैराखाली, मसारी, डाडाखाली, जम्लेपोखरीसहितको क्षेत्रमा लगाइएको मकै बालीमा क्षति पुगेको छ । 

स्थानीय किसान प्रताप नकालले हावाहुरी सहितको पानीले मकैका बोट ढालेर सोत्तर बनाएको बताउनुभयो । जसले गर्दा उत्पादनमा गिरावट आउने बताईएको छ । 

हावाहुरीले वर्षभरि खान पुग्ने गरी लगाएको मकैमा क्षति गरेको भन्दै कृषकहरू निराश बनेका छन्  । 

प्रकाशित मिति: मंगलबार, असार १९, २०८०  १८:३०
प्रतिक्रिया दिनुहोस्