Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पश्चिम : ज्यान मार्ने उद्योगमा फरार प्रतिवादी पक्राउ

मंगलबार, असार १९, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिममा ज्यान मार्ने उद्योग मुद्धामा फरार रहेका एक जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । 

जिल्लाको त्रिवेणी गाउँपालिका ४ खुम्चेरी बस्ने २७ वर्षिय बिक्रम बाँठा मगरलाई प्रहरीले पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका अनुसार मंगलबार दिउँसो मुसिकोट नगरपालिका १ खलंगामा लुकिछिपी रहेको अवस्थामा बाँठा मगरलाई पक्राउ गरिएको हो । 

ज्यान मार्ने उद्योगको मुद्धा लागेका उनीलाई अदालतले ११ महिना कैद र १० हजार जरिवाना तोकेको थियो ।

पक्राउ परेका बाँठा मगरलाई कैद सजाय र जरिवाना असुल उपरको लागि रुकुम जिल्ला अदालतमा बुझाईएको प्रहरी निरीक्षक खड्काले बताउनुभयो । 
 

प्रकाशित मिति: मंगलबार, असार १९, २०८०  १९:०२
प्रतिक्रिया दिनुहोस्