Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सुविसुको नेट जोड्ने क्रममा करेन्ट लागेर एक जना घाईते

बुधबार, असार २०, २०८०
tribeni2

रुकुम पश्चिममा करेन्ट लागेर एक जना घाईते भएका छन् । जिल्लाको मुसिकोट नगरपालिका १ डाङग्रीचौर निवासी पुजन रोकाय मंगलबार बेलुका बिजुलीको करेन्ट लागेर घाईते हुनुभएको हो । 

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार मुसिकोट नगरपालिका १ छिङको माथिल्लो गाउँमा बिजुलीको लाईन तानेको पोलमा सुविसु ईन्टरनेटको तार तानेर बाध्ने क्रममा रोकायलाई करेन्ट लागेको हो । 

घाईते रोकायको कम्मर भन्दा तलको भाग नचल्ले अवस्था रहेको बताईएको छ । स्थानीय साझा मुराल अस्पतालमा सामान्य उपचारपछि उहाँको थप उपचारको लागि नेपालगञ्ज रिफर गरिएको प्रहरीले जानकारी दिएको छ । 
 

प्रकाशित मिति: बुधबार, असार २०, २०८०  ०७:३८
प्रतिक्रिया दिनुहोस्