Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

वडाको कृषि तथा आर्थिक विकासमा योगदान गर्ने १० किसान सम्मानित

बुधबार, असार २०, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्वर १० को कार्यालयले वडा भित्रका दश जना किसानलाई सम्मान गरेको छ । 

वडाको कृषि तथा आर्थिक विकासमा महत्त्वपूर्ण योगदान गरेको भन्दै वडा कार्यालयमा आयोजित एक कार्यक्रमका बिच किसानहरुलाई सम्मान गरिएको हो । सम्मानित दश जना सक्रिय किसानहरुलाई कदर पत्र र जनहि नगद तीन हजार प्रदान गरेर सम्मान गरिएको वडा अध्यक्ष धनबहादुर खड्काले जानकारी दिनुभयो । 

उहाँका अनुसार स्थानीय झुपलाल खड्का धेरै लसुन गर्ने किसानको रुपमा सम्मानित हुनुभएको छ भने सुनिल कुँवर धेरै बाख्रापालन गर्ने किसानको रुपमा सम्मानित हुनुभएको छ । 

त्यसैगरी वडामा धेरै भैसीपालन गर्ने किसान जय बहादुर खड्का,  धेरै सुन्तला खेती गर्ने एक्क बहादुर खड्का, धेरै अलैची खेती गर्ने पैल बहादुर रोकाय र दलित समुदायबाट राम्रो कृषि गर्ने यमुना करलालाई सम्मान गरिएको छ ।

वडाका नमुना कृषक घमन्ड बहादुर खड्का, वडाका नमुना युवा कृषक उज्वल केसी, मनिराम कुँवर र बहादुर बुढा पनि सम्मानित हुनुभएको  छ । 

फलफूल तथा पशुपालनका लागि राम्रो सम्भावना रहेको यस वडाका किसानहरुको हौसला र प्रोत्साहनका लागि वडा सरकारले सम्मान कार्यक्रम आयोजना गरेको बताईएको छ । 

प्रकाशित मिति: बुधबार, असार २०, २०८०  १८:२९
प्रतिक्रिया दिनुहोस्