Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

त्रिजमाविको निमित्त प्रधानाध्यापक सम्बन्धमा परेको मुद्धाको रिट खारेज

बुधबार, असार २०, २०८०
tribeni2

सुर्खेत । रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ खलंगामा रहेको त्रिभुवन जनता माध्यमिक बिद्यालयमा निमित्त प्रधानाध्यापक सम्बन्धमा परेको मुद्धाको रिट खारेज भएको छ । 

उच्च अदालत सुर्खेतले आज बुधबार बिद्यालय व्यवस्थापन समिति र मुसिकोट नगरपालिकाले गरेको निमित्त प्रधानाध्यापक सम्बन्धिको निर्णय विरुद्धको रिट खारेज गरेको हो । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र केसीले निमित्त प्रधानाध्यापकको विवादबारे बाँकी रहेको उत्प्रेषण रिट आजको फैसलाबाट खारेज भएको बताउनुभयो । उहाँले उच्च अदालतले विद्यालय व्यवस्थापन समितिको सिफारिसको आधारमा मुसिकोट नगरपालिकाले गरेको निर्णय सहि साबित गरेको बताउनुभयो ।  

358401023_10219122627456478_8323915437820518708_n (1)1688563653.jpg

उच्च अदालतले बिद्यालयको उक्त निर्णय कार्यान्वयन नगर्न गरेको अल्पकालिन अन्तरिम आदेश खारेज गर्दै गत बैशाख २० गते उत्प्रेषण जारी गरेको थियो । अन्तरिम आदेश जारी गर्नु नपर्ने जनाएको अदालतले आज उक्त बिषयमा परेको रिट खारेज गर्ने फैसला गरेको विव्यस अध्यक्ष केसीले जानकारी दिनुभयो । 

व्यवस्थापन समिति र नगरपालिकाले विद्यालयका शिक्षक गोपिराम केसीलाई निमित्त प्रधानाध्यापकको जिम्मेवारी तोकेको थियो । त्यसअघिका प्रधानाध्यापक हरिप्रसाद खनालको ५ वर्षे कार्यकाल सकिएको र आर्थिक अनियमिततामा मुछिएको आरोप सहित निमित्त प्रधानाध्यापकको जिम्मेवारी दिन नसकिने भन्दै विद्यालय व्यवस्थापन समितिले गत चैत्र २८ गते शिक्षक गोपिराम केसीलाई निमित्त प्रधानाध्यापक तोक्नका लागि मुसिकोट नगरपालिकामा सिफारिस गरि पठाएको थियो ।

सोहि सिफारिसको आधारमा नगरपालिकाले केसीलाई निमित्त प्रधानाध्यापक तोकेको थियो । व्यवस्थापन समिति र नगरपालिकाको उक्त निर्णय बिरुद्ध खनालले उच्च अदालत सुर्खेतमा मुद्धा दर्ता गर्नुभएको थियो । 
 

प्रकाशित मिति: बुधबार, असार २०, २०८०  १९:०५
प्रतिक्रिया दिनुहोस्