Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
नयाँ शहर आयोजना

दर्किरहेको पानी र बगिरहेको भलसँगै चौरजहारीको सडक कालोपत्रे हुँदै

स्थानीयको बिरोध
बुधबार, असार २०, २०८०
tribeni2

रुकुम पश्चिम । आकाशबाट दर्किरहेको पानी र सडकमा बगिरहेको भल । यसैमा रुकुम पश्चिमको चौरजहारीको मुख्य बजारमा कालोपत्रे भईरहेको छ । सुन्दा पनि लाजमर्दो यस अवस्थाको कालोपत्रेको काम तत्काल रोक्नुपर्ने स्थानीयको माग रहेको छ । 

नयाँ शहर आयोजना अन्तर्गत क्याराभान कन्ट्रक्सनले गरिरहेको कालोपत्रेको काम लाजमर्दो गरी भईरहेपछि स्थानीयले बिरोध जनाएका छन् ।

चौरजहारी नगरपालिका २ का टिकाराम बिष्टले घर अगाडि कालोपत्रे भईरहेको तर, कालोपत्रे हालेको बाटोमा पानी बुल्किरहेको बताउनुभयो । उहाँले कालोपत्रे छर्केर सडकको गुणस्तर झन् खस्काएको बताउनुभयो । 

आकाशबाट पानी बर्सिरहेको र सडकमा भल बगिरहेको बेला पनि कालोपत्रे हालेको स्थानीयले बताएका छन् । यस खालको कार्यले सडक झन् बिग्रने र सरकारको लगानी खेर जाने उनीहरुको भनाई रहेको छ । 

चौरजहारी नगरपालिका क्षेत्रका १, २ र ३ वडामा यस निर्माण कम्पनीले अहिले कालोपत्रेको काम गरिरहेको छ । गुणस्तरहिन यस खालको काम तत्काल रोकेर यस्ता लापरबाहिपूर्ण कार्य गर्नेलाई कारबाहि गर्नुपर्ने स्थानीयको माग रहेको छ । 

358384384_6263007860483879_4997624428216147925_n1688567763.jpg

358429615_6262906683827330_6799937662750680014_n1688567766.jpg

358453824_6263008023817196_1159900937827863650_n1688567768.jpg

प्रकाशित मिति: बुधबार, असार २०, २०८०  २०:१६
प्रतिक्रिया दिनुहोस्