Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
चितवन

चितवनमा रक्तदान

चितवन ७ कार्तिक
tribeni2

चितवनको नारायणगढमा विभिन्न ६ वटा संघसंस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा ४८ जनाले रक्तदान गरेका छन् । लायन्स तथा लियो क्लब अफ नारायणगढ बालकुमारी, लायन्स क्लब अफ नारायणगढ नारायणी, एभरेष्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेड, नारायणी माटर्स (बजाज शो रुम) नारायणगढ, ग्रेस इन्टरनेशनल एजुकेशन एण्ड माइग्रेसन, एबीसी नारायणी मोटर्स गैँडाकोटको संयुक्त आयोजनामा भएको रक्तदानमा ४२ जना पुरुष तथा ६ जना महिलाले रक्तदान गरेका हुन् ।

चाडपर्वको समयमा रगतको माग अत्यधिक हुने भएकाले रगतको नियमित आपूर्तिमा सहज पु¥याउने उद्धेश्यले रक्तदानको आयोजना गरिएको कार्यक्रम संयोजक लायन्स क्लब अफ नारायणगढ नारायणीकी अध्यक्ष अनुषा चुकेले बताइन् । यी ६ वटा संस्थाहरु मिलेर नियमित रुपमा रक्तदान कार्यक्रम गर्दै आइरहेको चुकेको भनाइ छ ।

चितवनमा ठूला ठूला अस्पताल भएकाले यहाँ रगतको माग सधैँ उच्च हुने कारण आफूहरुले वार्षिक कार्ययोजना बनाएर वर्षमा चार पटक रक्तदान कार्यक्रम गर्दै आएको नारायणी मोटर्सका सञ्चालक बालगोपाल चुकेले बताए ।

 

प्रकाशित मिति: बिहीबार, कात्तिक ७, २०७६  ०८:१०
प्रतिक्रिया दिनुहोस्