Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

चौरजहारीमा झरी र भलसँगै गरिएको कालोपत्रे निकालिने

स्थानीयको सचेतता र चौरजहारी नगरपालिकाको पहलपछि समस्या समाधान हुने
बिहीबार, असार २१, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको मुख्य बजारलाईनमा गरिएको कालोपत्रे उतार्ने सहमति भएको छ ।

नगरपालिकाको वडा नम्वर २ स्थित नयाँ बजारमा बुधबार बेलुका गरिएको कालोपत्रे उतारेर नयाँ कालोपत्रे गर्ने सहमति भएको हो । चौरजहारी नगरपालिकाले लिएको पहल र दिएको निर्देशनका कारण सडक निर्माणका भएको समस्या समाधान हुने भएको हो । 

चौरजहारी नयाँ शहर आयोजना कार्यालय अन्तर्गत क्याराभान कन्ट्रक्सनले ठेक्का पाएको उक्त काम पानी परेको र सडकमा भल बगिरहेको बेला कालोपत्रे भईरहेको  थियो ।

स्थानीयवासी र सरोकारवाला निकायले चासो दिएपछि बिहिबार आयोजना कार्यालयले गरेको अनुगमनपश्चात उक्त कालोपत्रे निकालेर नयाँ कालोपत्रे गर्ने सहमति भएको हो । आयोजना प्रमुख सुशिल आचार्यले पानीका बिचमा गरिएको कालोपत्रे निकाल्ने र बिग्रेको काम सुधार गर्न ठेकेदार कम्पनी सहमत भएको जानकारी दिनुभयो ।

आकाशबाट पानी परिरहेको र सडकमा समेत पानी जम्मा भईरहेको बेला कालोपत्रे हाल्ने काम भएको पाईएकोले तत्काल सो काम सुधार गर्न ठेकेदार कम्पनीलाई निर्देशन समेत दिईएको छ । आयोजना प्रमुख आचार्यले मुख्यबजार लाईनको करिब एक सय मिटर सडकमा कालोपत्रेको काम झरि परेको बेला गुणस्तरहिन रुपमा भएको बताउनुभयो । 

चौरजहारी नगरपालिका प्रमुख पुष्प वादी, नयाँ शहर आयोजना प्रमुख आचार्य, क्याराभान कन्ट्रक्सनका प्रतिनिधि यमराज थकाली, ईन्जिनियर, स्थानीयवासी सहितको छलफलले बिग्रेको काम सुधार्न सहमति निकालेको हो ।

चौरजहारी नगरपालिका प्रमुख पुष्प वादीले झरिकै बिच कालोपत्रे भईरहेको खबर पाए लगत्तै तत्काल काम रोक्न र अब बिग्रेको काम सुधारेर गुणस्तरिय बनाउन निर्देशन दिईएको बताउनुभयो । ठेकेदार कप्म्पनीले पनि उक्त कालोपत्रे उतारेर नयाँ कालोपत्रे गर्न सहमत भएको उहाँले जनाउनुभयो । 

ठेकेदार कम्पनीका प्रतिनिधि थकालीले कालोपत्रेको काम गर्दैगर्दा पानी परेकोले समस्या भएको बताउनुभयो । बिग्रेको ठाउँमा सुधान गर्ने र झरिसँगै भएको कालोपत्रे निकालेर पुनः काम गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो । 

स्थानीय क्षितिज बिष्टले स्थानीयले गरेको गुनासो सरोबारवाला निकायले सुनुवाई गरेको बताउनुभयो । घर अगाडि लापरबाहिपूर्ण तरिकाले विकासको काम भएपछि आफूहरुले समाजिक सञ्जाल समेतमा त्यस कार्यको बिरोध गरेर काम रोक्न अपिल गरेको उहाँले बताउनुभयो । विकासका हरेक काममा गुणस्तरियता कायम गर्न स्थानीयवासी समेत चनाखो हुनुपर्ने उहाँको भनाई रहेको छ । 

चौरजहारी नयाँ शहर आयोजना कार्यालयका अनुसार नगरको वडा नम्वर १, २ र ३ को क्षेत्रमा ९.७ किलोमिटर सडक कालोपत्रेको लागि क्याराभान कन्ट्रक्सनले ठेक्का पाएको छ । २०७८ पुस २० गते आयोजना कार्यालयसँग ठेक्का सम्झौता गरेको उक्त निर्माण कम्पनीले हालसम्म चार किलोमिटर सडक क्षेत्रमा कालोपत्रेको काम सम्पन्न गरिसकेको छ । 

झरि र भलका बिचमा भईरहेको कालोपत्रको बिषयमा मूलपाटी अनलाईनले समाचार प्रकाशन गरेर सरोकारवालाको ध्यानाकर्षण गराएको थियो । 
दर्किरहेको पानी र बगिरहेको भलसँगै चौरजहारीको सडक कालोपत्रे हुँदै

प्रकाशित मिति: बिहीबार, असार २१, २०८०  १०:२५
प्रतिक्रिया दिनुहोस्