Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सल्यान : गुडिरहेको बसमा करेन्ट लाग्दा बाबु-छोरा सहित तीन जनाको मृत्यु

बिहीबार, असार २१, २०८०
tribeni2

सल्यान । बिहिबार बिहान सल्यानमा गुडिरहेको यात्रुबाहक बसमा करेन्ट प्रवाह हुँदा तीनजनाको मृत्यु भएको छ ।

राप्ती लोकमार्ग अन्तर्गत दाङ सल्यान सडकखण्डको कपुरकोट–३ चोरखोला नजिक लत्रिएको विद्युत तारले रा १ ख ८३४ नम्बरको बसलाई छुँदा करेन्ट प्रवाह भएको थियो । दुई जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको हो । 

करेन्ट लागेर मृत्यु हुनेहरुमा रोल्पाको गङ्गादेव गाउँपालिका–४ का अन्दाजी ७० वर्षीय बालराम डाँगी र उहाँका ४० वर्षीय छोरा टोपलाल डाँगी रहेका जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता  गोपाल श्रेष्ठले जानकारी दिनुभयो । 

उपचारका लागि प्रादेशिक अस्पताल तुल्सीपुर दांग लगिएका बसधनी सल्यान छत्रेश्री गाउँपालिका–६ का अन्दाजी ३५ वर्षीय महेन्द्र ओलीको पनि निधन भएको बताईएको छ । 

गएराति हावाहुरी र पानी आउँदा सडक छेउको बिजुलीको तारमा रुख ढलेको थियो । बिजुलीको तारमा छोइँदा बसमा करेन्ट लागेको हुनसक्ने अनुमान गरिएको छ । 

प्रकाशित मिति: बिहीबार, असार २१, २०८०  १३:५६
प्रतिक्रिया दिनुहोस्