Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

महेन्द्र माविको ‘नमूना भवन’ निर्माणमा गुणस्तरहिन काम !

सम्झौता मिति भित्रपनि काम पुरा भएन
बिहीबार, असार २१, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिमको मुसिकोट नगरपालिका १३ मा निर्माणधिन महेन्द्र माध्यमिक विद्यालयको दुई तले भवन निर्माणकाे क्रममा बिम र स्लाव बनाउँदा कम गुणस्तरको काम भएको पाईएको छ । 

बुधबार जिल्ला समन्वय समिति र मुसिकोट नगरपालिकाले गरेको अनुगमनका क्रममा भवन निर्माणको काम सन्तोषजनक रुपमा नभएको पाईएको छ । 

अनुगमनमा सहभागि जिल्ला समन्वय समितिका ईन्जिनियर घनश्याम शर्माले भवनको बिम र स्लाव जडानमा राखिएका सरियाहरु बाहिर निस्किएको बताउनुभयो । सरिया बाहिर निस्किएको र ढलानको क्रममा राखिएका प्लाईउड नै पूर्ण रुपमा ननिकालेर अपुरो रंग लगाईएको उहाँले जानकारी दिनुभयो । 

मुसिकोट नगरपालिकाका इन्जिनियर पहल बहादुर पुनले बिम बनाउँदा र ढलानको क्रममा फर्मा नमिलेको बताउनुभयो । फर्मा नमिलेर रड देखिएको उहाँको भनाई रहेको छ । डण्डि छाेप्ने कंक्रिटको पत्र नपुगेपछि केहि ठाउँमा रड देखिएको हो । 
358498827_2002479553477749_1759134182293674433_n1688636245.jpg
अनुगमनमा सहभागि जिल्ला समन्वय समिति रुकुम पश्चिमका प्रमुख लुम्बिनी गौतमले काम सन्तोषजनक रुपमा नभएको बताउनुभयो । साना बालबालिकाहरु पढ्ने विद्यालयको भवन निर्माणका क्रममा लापरबाहि गरिनु बिडम्बनापूर्ण रहेको उहाँले उल्लेख गर्नुभयो । 

जाजरकोटको विजयश्वरी निर्माण सेवाले ठेक्का मार्फत बनाईरहेको उक्त भवन गत वर्षको असार २५ गते नै सम्पन्न हुनुपर्ने हो । तर सम्झौता अनुसार काम नभएपछि २०८० असार २२ गतेभित्र काम सम्पन्न गर्नेगरी म्याद थप भएको थियो । म्याद थपिएको मिति सकिन दुई दिन बाँकि रहँदा पनि भवन निर्माणको काम करिब ७० प्रतिशत मात्रै पुरा भएको अनुगमन समितिले जनाएको छ ।

भवनको दोश्रो तलामा भर्खरै ढलान सम्पन्न गरिएकोले त्यस क्रममा लगाईका फर्मा निकाल्ने बेला भएको छैन । त्यसैगरी भवनको झ्यालढोका जडान, रंगरोगन, च्यानल गेट लगायतका काम अझै भएका छैनन् । 

मुसिकोट नगरपालिकाको संघीय शसर्त अनुदान अन्तर्गत ठेक्का प्रक्रिया मार्फत भईरहेको उक्त दुई तले भवन निर्माण एक करोड ३७ लाख ४८ हजार ८२५ रुपिँयामा सम्पन्न गर्नेगरी सम्झौता भएको छ । 

प्रकाशित मिति: बिहीबार, असार २१, २०८०  १५:१८
प्रतिक्रिया दिनुहोस्