सोसल मिडिया
मोरङ । कांग्रेस नेता उद्धव थापा कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङ्ले उहाँलाई संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।
९३ सदस्यीय प्रदेशसभामा गठबन्धन दल कांग्रेसका २९, माओवादी केन्द्रका सभामुखसहित १३, नेकपा (एकिकृत समाजवादी) का ४ र जनता समाजवादी पार्टीको एक गरी बहुमत ४७ प्रदेश सांसदको समर्थन रहेको भन्दै थापाको नेतृत्वमा सरकार गठनका लागि दावी पेस गरेका थिए ।
नवनियुक्त मुख्यमन्त्री थापाले सानो आकारको मन्त्रिमण्डल गठन गरेर सपथ ग्रहण गर्ने र त्यसपछि विश्वासको मतका लागि थप प्रदेश सांसदको समर्थन जुटाउने प्रयास जारी राखिने बताउनुभयो । ‘विश्वासको मतका लागि राप्रपालाई सरकारमा सहभागी गराएर समर्थन जुटाउने प्रयास जारी रहन्छ,’ उहाँले भन्नुभयो, ‘तर राप्रपाको समर्थन प्राप्त नभएको अवस्थामा सभामुखको निर्णायक मतले पनि विश्वासको मत प्राप्त गर्छौं ।’
एमालेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एक मतको अभावमा विश्वासको मत नपाएपछि प्रदेश प्रमुख खापुङ्ले आइतबार सरकार गठनका लागि दावी पेस गर्न बिहीबार साँझ ५ वजेसम्मका लागि समय दिनुभएको थियो ।