Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

पोषणमा सुधार ल्याउन दलित बस्तीमा बाख्रा वितरण 

शुक्रबार, असार २२, २०८०
tribeni2

रुकुम पश्चिम । चौरजहारी नगरपालिका वडा नम्वर १३ स्थित रातामाटा दलित बस्ती टोलमा बाख्रा वितरण गरिएको छ । 

नगरपालिकाको पोषणमैत्री स्थानीय शासन प्रवद्र्धन कार्यक्रम अन्तरगत बाख्रा खरिद गरेर वितरण गरिएको हो । 

वडा अध्यक्ष श्रीकृष्ण शर्माले टोलका ३० जना परिवारलाई बाख्रा वितरण गरेको बताउनुभयो। बाख्रापालन दिगो आम्दानीको श्रोत हुने भएकोेले आवश्यकताको आधारमा उक्त कार्यक्रम गरिएको शर्माको भनाई रहेको छ । 

चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत शेर प्रसाद ढकालले पोषणको अवस्था कमजोर भएको दलित बस्ती टोलमा बाख्रा वितरण गरिएको बताउनुभयो । उहाँका अनुसार आम्दानीको स्रोत प्रदान गरेर गरिबी न्यूनीकरणमा टेवा पुर्याउन बाख्रा वितरण गरिएको हो । यस कार्यले उनीहरु व्यवसायउन्मुख हुने उहाँको भनाई रहेको छ ।

दैनिकी चलाउन सहज गर्ने र पोषण अवस्थामा सुधारका लागि गरिएको बाख्रा वितरण गरिएको हो । यस कार्यका लागि नगरपालिकाले तीन लाख रुपिँया लगानी गरेको छ । 

आयआर्जनबाट गरिबी घटाउन टेवा पुग्ने र गरिबी घटेपछि परिवारको पोषण अवस्थामा सुधार अपेक्षा स्थानीय सरकारको रहेको छ । 

प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०  ०७:२२
प्रतिक्रिया दिनुहोस्