Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मुसिकोट खलंगा बहुमुखी क्याम्पसका ३९ विद्यार्थीलाई छात्रबृति, दुई बैंकलाई सम्मान

शुक्रबार, असार २२, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ मा रहेको मुसिकोट खलंगा बहुमुखी क्याम्पसमा ३९ जना विद्यार्थीहरुलाई छात्रबृत्ति बितरण गरिएको छ । 

क्याम्पसमा अध्ययनरत गरीब तथा विपन्न, जेहेन्दार, शहिद परिवार, कर्मचारीका छोराछोरी, पिछडिएको क्षेत्र, अपांगता भएका व्यक्ति तथा दलित समुदायका बिद्यार्थीहरुलाई छात्रबृति उपलब्ध गराईएको हो । 

जम्मा ३९ जना छात्रछात्राहरुले छात्रवृति प्राप्त गरेको क्याम्पस प्रशासनले जनाएको छ । क्याप्पसका उप प्राध्यापक डम्बर बहादुर खड्काका अनुसार अपांगता भएका व्यक्तिहरुको कोटाबाट स्नातक तहमा दूई र स्नातकोत्तर तहमा दुई गरी चारजनाले पुर्ण छात्रवृत्ति प्राप्त गरेका छन् भने अन्यले आफ्नो एक सेमेस्टरमा बुझाएको शुल्क बराबरको रकम छात्रवृत्तिको रुपमा प्राप्त गरेका हुन् । 

क्याम्पसबाट उपलब्ध छात्रवृत्ति बाहेक अन्य सात जना विद्यार्थीहरुले यस बर्ष बिश्वविद्यालय अनुदान आयोगबाट उपलब्ध हुने छात्रबृति समेत पाएका छन् । उनीहरुले जनहि १५ हजार बराबरको छात्रबृत्ति रकम पाएको उप प्राध्यापक खड्काले जानकारी दिनुभयो । 

ग्लोबल र एभरेष्ट बैंकलाई सम्मान

IMG_20230707_0903361688722134.jpg

उक्त कार्यक्रमको अवसरमा क्याम्पसले ग्लोबल आईएमई बैक र एभरेष्ट बैकलाई सम्मान गरेको छ । 

ग्लोवल आइएमई बैकले क्याम्पसमा एक लाख रुपिँया बराबरको पुस्तकालयको भौतिक सुधारमा सहयोग गरेको र एभरेस्ट बैंकको रुकुमले पचास हजार बराबरको रकम छात्रवृत्तिको लागी उपलब्ध गराएकोले सम्मानसहित कदरपत्र प्रदान गरिएको हो । 

क्याम्पसको छात्रवृत्ति बितरण कार्यबिधिमा क्याम्पसमा अध्ययनरत कुल बिद्याार्थीको १७ प्रतिशत संख्याको ४० प्रतिशतलाइ जेहन्दार, ६० प्रतिशतलाई समाबेशी छात्रवृत्ति तथा शिक्षक कर्मचारीका छोराछोरीहरुलाई छुट्टै छात्रवृत्ति र अपांग भएका व्यक्तिहरुलाइ निशुल्क छात्रवृत्ति दिन सकिने  ब्यबस्था रहेको क्याम्पसका सुचना प्रबिधि शाखाका प्रमुख समेत रहनुभएका उप प्राध्यापक डम्बरबहादुर खडकाले जानकारी दिनुभयो । 

क्याम्पससको सभाहलमा भएको उक्त कार्यक्रममा पुर्व क्याम्पस प्रमुख मुकुन्द प्रशाद शर्माको अध्यक्षता, क्याम्पस प्रमुख बुद्धिप्रसाद गौतमको आथित्यता रहेो थियो भने क्याम्पसका उप प्राध्यापक हर्कबहादुर ओलीले कार्यक्रमको सन्चालन गर्नुभएको थियो ।

उक्त कार्यक्रममा ग्लोवल आइएमई बैंक र एभरेस्ट बैंक रुकुम शाखाका प्रबन्धकहरुको उपस्थिती रहेको थियो । 

IMG_20230707_0902421688722197.jpg

प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०  १५:०८
प्रतिक्रिया दिनुहोस्