सोसल मिडिया
काठमाडौं । क्रान्तिकारी स्ववियु काउन्सिल नेपालको राष्ट्रिय भेला सम्पन्न भएको छ ।
काठमाडौमा सम्पन्न भेलाले रेशमलाल श्रेष्ठको संयोजकत्वमा ५७ सदस्यीय राष्ट्रिय काउन्सिल निर्माण गरेको छ ।
काउन्सिलको सह संयोजकमा रुकुम पश्चिमको चौरजहारीमा रहेको शितल क्याम्पसका स्ववियु सभापति निराजन केसी चयन हुनुभएको छ ।
त्यसैगरी सचिवमा छोस्याङ स्याङतन तामाङ चयन हुनुभएको अखिल क्रान्तिकारी रुकुम पश्चिमका अध्यक्ष नारायण केसीले जानकारी दिनुभयो ।
काउन्सिलले एक बिशेष र सात भौगोलिक प्रदेशमा संयोजक चयन गरेको छ । जस अनुसार कर्णाली प्रदेशको संयोजकमा तिला बहुमुखी क्याम्पस कालिकोटका स्ववियु सभापति हिक्मत सिंह चयन हुनुभएको छ ।