Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

नबिल बैंकद्वारा श्री चण्डिदल गणलाई पानी शुद्धिकरण यन्त्र हस्तान्तरण

शुक्रबार, असार २२, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिममा रहेको नबिल बैंक लिमिटेड मुसिकोट शाखाले पानी शुद्धिकरण यन्त्र वितरण गरेको छ । 

नेपाली सेनाको श्री चण्डिदल गणलाई बैंकले पानी शुद्धिकरण यन्त्र उपलब्ध गराएको हो । बैंकका मुसिकोट शाखा प्रमुख मिन राज अधिकारीले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सेनालाई उक्त यन्त्र हस्तान्तरण गरिएको बताउनुभयो । 

आज शुक्रबार सल्लेमा रहेको सेनाको उक्त गणमा एक कार्यक्रम आयोजना गरेर पानी शुद्धिकरण यन्त्र उपलब्ध गराईएको हो । बैंकले प्रतिघण्टा एक सय लिटर क्षमताको पानी शुद्धिकरण गर्ने केन्ट इलाईट पानी शुद्धिकरण यन्त्र उपलब्ध गराएको हो । 

WhatsApp Image 2023-07-07 at 18.09.551688733175.jpg

सामाग्री बुझ्नुहुँदै निमित्त गणपति गोपाल सिंह बोहराले सेनाको ब्यारेकमा शुद्ध खानेपानीको अभाव भएको बेला शुद्धिकरण यन्त्र उपलब्ध गराएकोमा धन्यबाद दिनुभयो । उहाँले शुद्ध पानीको अभावकाे समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो । 

उक्त सामाग्री हस्तान्तरण कार्यक्रममा श्री चण्डिदल गणका निमित्त गणपति गोपाल सिंह बोहराको अध्यक्षता र बैंकका शाखा प्रमुख मिन राज अधिकारीको प्रमुख आथित्यता रहेको थियो । 

बैंकले हरेक वर्ष संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आईरहेको छ । 

प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०  १६:४७
प्रतिक्रिया दिनुहोस्