Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सुनवल जेसीजको ८ औँ पदस्थापन सम्पन्न

नवलपरासी १८ माघ
tribeni2

नवलपरासी ।

सुनवल जेसीजको ८ औँ पदस्थापन एवं पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । लोटस रिसोर्ट नवलपरासीमा भएको कार्यक्रममा सुनवल जेसीज बर्ष २०१९ की अध्यक्ष ममता शर्माले सुनवल जेसीज बर्ष २०२० का अध्यक्ष उत्सव पौडेललाई पद हस्तान्तरण गरिन।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी राष्ट्रिय योजना आयोग प्रदेश नं ५ का उपाध्यक्ष डा. ईश्वर गौतमले जेसीजकर्मीहरुले सामाजिक रुपान्तरणका लागि भुमिका खेलेको भन्दै नयाँ संघिय संरचना अनुसार विकास निर्माणको काममा भुमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा रामग्राम नगरपालीका उप प्रमुख रम्भा कुवंर, नेपाल जेसीजका पूर्व अध्यक्ष एवं जेसीआईका पूर्व उपाध्यक्ष जेसीआई सीनेटर अनुपमान सैजु लगायतको सहभागिता थियो । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपा नवलपरासी जिल्ला अध्यक्ष भविश्वर तिवारी, उद्योग वाणिज्य संघ नवलपरासीका अध्यक्ष केशव भण्डारी, नेपाल जेसीजका कार्यकारीणी उपाध्यक्ष सिनेटर विजय गुरुङग, नेपाल जेसीजका उपाध्यक्ष गोविन्द पङ्गेनी लगायतले जेसिजले गर्ने काम र कार्यक्रमहरु जनमैत्री हुनुपर्नेमा जोड दिए ।

सुनवल जेसीजको बर्ष २०२० को अध्यक्षमा अध्यक्ष उत्सव पौडेल, निवर्तमान अध्यक्ष ममता पौडेल, कार्यकारी उपाध्यक्ष जमुना कुमारी थापा, साजीन बज्राचार्य, कानुनी सल्लाहकार जिवन पौडेल, महासचिव ईश्वर प्रसाद अधिकारी, कोषाध्यक्ष सोम प्रसाद पौडेल, उपाध्यक्ष मनिता शेष्ठ, बिक्कि पौडेल, ईश्वर के.सी, सपना शर्मा चयन भएका छन् । कार्यक्रमको सहजीकरण सुनवल जेसीज बर्ष २०१९ का महासचिव बासुदेव पौडेलले गरेका थिए।

प्रकाशित मिति: शनिबार, माघ १८, २०७६  १२:०२
प्रतिक्रिया दिनुहोस्