Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सिस्ने गाउँपालिका भित्र जग्गाको कित्ताकाँट खुल्यो

शुक्रबार, असार २२, २०८०
tribeni2

रुकुम पूर्व । रुकुम पूर्वको सिस्ने गाउँपालिका भित्रका जग्गाको कित्ताकाँट खुलेको छ । 

मालपोत कार्यालय रुकुम पूर्वले शुक्रबार एक सूचना मार्फत सिस्ने गाउँपालिका भित्र रहेका जग्गाको कित्ताकाँट खुलेको जानकारी गराएको हो । 

मालपोत अधिकृत मोहनलाल केसीले असार २६ गतेबाट सिस्ने गाउँपालिका भित्रका जग्गाको कित्ताकाँट खुल्ने गरी निर्णय भएको बताउनुभयो । उहाँले सिस्ने गाउँपालिकाको भू-उपयोग परिषदले भू-वर्गिकरण गरि कित्ताकाँट खुलाउने निर्णय गरेर सिफारिस आएकोले कित्ताकाँट फुकुवा हुने जनाउनुभयो । 

सिस्नेले भू-उपयोग नियमावली, २०७९ बमोजिक भू-उपयोग क्षेत्र वर्गिकरणका आधार र मापदण्ड अनुसार भू-वर्गिकरण गरेको हो । 

जिल्लाको भूमे र पुथा उत्तरगंगा गाउँपालिकाबाट नियामानुसार भू वर्गिकरण गरेको निर्णय नआएकाले त्यहाँको जग्गाको कित्ताकाँट फुकुवा भएको छैन । गत वर्षको जेठ २३ बाट कित्ताकाँट बन्द भएको थियो । 

कित्ताकाँट गर्नको लागि आउने सेवाग्राहिहरुले सम्बन्धित वडा कार्यालयको सिफारिस ल्याउनुपर्ने मालपोत अधिकृत केसीले उल्लेख गर्नुभयो । 

358362305_3642469422705731_3214367510332546214_n1688734932.jpg

प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०  १८:३६
प्रतिक्रिया दिनुहोस्