सामुदायिक विव्यस महासंघको सानीभेरी गाउँपालिकास्तरिय समिति गठन 

शनिबार, असार २३, २०८०

रुकुम पश्चिम । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघको सानीभेरी गाउँपालिका स्तरिय समिति गठन गरिएको छ । शुक्रबार मोतिराम रोकाको अध्यक्षता १६ सदस्यीय समिति गठन भएको हो । 

विद्यालय व्यवस्थापन समिति महासंघ, रुकुम पश्चिमका अध्यक्ष नरेन्द्र केसीका अनुसार समितिको उपाध्यक्षमा गोविन्द बुढा, सचिवमा डिलबहादुर के.सी., कोषाध्यक्षमा लिला बुढा, सहसचिवमा गगनबहादुर बुढा चयन हुनुभएको छ । समितिको कार्यकाल तीन बर्षको रहने बताईएको छ । 

सानीभेरी गाउँपालिका भित्रका सामुदायिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्षहरु र पदाधिकारीहरुको उपस्थितिमा सम्पन्न भेलाले उक्त समिति गठन गरेको हो । समितिले दुई जना सदस्य पछि मनोनित गर्ने जनाएको छ ।  

सानीभेरी गाउँपालिका शिक्षा शाखा प्रमुख तथा शिक्षा अधिकृत भुपालसिंह विष्टको प्रमुख आतिथ्यतामा र सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ रुकुम पश्चिमका अध्यक्ष नरेन्द्र के.सी.को विशेष आाथित्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो । 

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ रुकुम पश्चिमका सचिव दिपक बाँठाले उक्त  कार्यक्रमको सञ्चालन गर्नु भएको थियो ।उक्त भेला संगै सानीभेरी गाउँपालिकाको शिक्षा शाखाले भेलामा उपस्थित सबै सहभागीहरुलाई क्षमता विकास सम्बन्धी २ दिने तालिम पनि सम्पन्न गरेको छ ।

प्रकाशित मिति: शनिबार, असार २३, २०८०  २१:०७
प्रतिक्रिया दिनुहोस्