Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुमका २७ पत्रकारको आँखा जाँच, अधिकांशमा दृष्टि दोष

शनिबार, असार २३, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिमका क्रियाशिल २७ जना पत्रकारहरुको निशुल्क आँखा जाँच गरिएको छ । 

नेपाल पत्रकार महासंघ रुकुम पश्चिमको आयोजना र आँखा स्वास्थ्य सेवा तथा चश्मा घरको समन्वयमा मुसिकोट नगरपालिका १ खलंगामा रहेको आँखा स्वास्थ्य सेवा तथा चश्मा घरमा पत्रकारहरुको आँखा जाँच गरिएको हो । 

निशुल्क आँखा जाँच तथा उपचारमा जिल्लाका २७ जना पत्रकारहरुको आँखाको जाँच तथा उपचार गरिएको नेपाल पत्रकार महासंघ रुकुम पश्चिमका अध्यक्ष लक्ष्मण केसीले जानकारी दिनुभयो । 

कम्प्युटर तथा क्यामरामा काम गर्ने पत्रकारहरुको प्रत्येक वर्ष आँखा जाँच गर्ने कार्यक्रम अन्तर्गत चश्मा घरसँगको सहकार्यमा उक्त कार्यक्रम गरिएको हो । पत्रकार महासंघले गत वर्षदेखि पत्रकारहरुको आँखा जाँच तथा उपचार गर्दै आएको छ । 

दृष्टि विशेषज्ञ मन्दिप गौतमका अनुसार जाँच गरिएका अधिकांश पत्रकारहरुको आँखामा दृष्टि दोषको समस्या देखिएको छ । उहाँले १९ जनामा दृष्टि दोष, पाँच जनामा आखााँमा सुख्खापन हुने र दुई जनामा कलर भिजनको समस्या भएको बताउनुभयो । दृष्टि बिशेषज्ञ गौतम र नेत्र सहायक पुष्पा पोखरेलले आँखाको जाँच तथा उपचार गर्नुभएको थियो । 

आँखा स्वास्थ्य सेवा तथा चश्मा घरका व्यवस्थापक महेन्द्र गौतमले अत्याधुनिक उपकरणसहित विगत ६ महिना देखि मुसिकोटमा आँखा सम्बन्धिको सेवा दिदै आएको बताउनुभयो । उहाँले चाँडै नै आँखाको अप्रेशन सहितको सेवा सुरु गरिने जनाउनुभयो । 

प्रकाशित मिति: शनिबार, असार २३, २०८०  २१:३०
प्रतिक्रिया दिनुहोस्