Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

पत्रकारिता राज्यको प्राथमिकतामा परेन : अध्यक्ष पोखरेल

आइतबार, असार २४, २०८०
tribeni2

रुकुम पश्चिम । नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष बिपुल पोखरेलले पत्रकारिता क्षेत्र राज्यको प्राथमिकतामा पर्न नसकेको बताउनुभएको छ ।

नेपाल पत्रकार महासंघ रुकुम पश्चिमले मुसीकोटमा आयोजना गरेको स्थानीय सरकार र मिडियाका सवाल बिषयक अनुशिक्षण कार्यक्रममा उहाँले पत्रकारिता क्षेत्र राज्यको प्राथमकितामा नपर्नु दुखद् रहेको उल्लेख गर्नुभयो । 

कार्यक्रमममा अध्यक्ष पोखरेलले बलियो पत्रकारिताको उपस्थितिमा मात्र लोकतन्त्रको लाभ जनताले पाउने बताउनुभयो । पत्रकारिता बिनाको समाजका नागरिकहरु अधिकारबिहिन हुने भएकोले बलियो पत्रकारिताको उपस्थिति जरुरी रहेको उहाँले उल्लेख गर्नुभयो । 

पार्टीको नेता मात्र भएको बेला बलियो पत्रकारिताको कुरा गरेर नथाक्ने नेताहरु संसदमा पुगेपछि यसको महत्व भुल्ने गरेको उहाँको भनाई रहेको छ । राज्यका सम्बन्धहरु समाजसँग जोड्ने काम पत्रकारिता क्षेत्रले गरिरहेकोले यसको महत्व कम नरहेको अध्यक्ष पोेखरेलको भनाई रहेको छ । 

पत्रकार महासंघलाई विशुद्ध पत्रकारहरुको संस्था बनाउन महासंघले सदस्यता शुद्धिकरण अभियान चलाएको बताउनुहुँदे उहाँले महासंघ पत्रकारहरुको हितको लागि लडिरहेको जनाउनुभयो । महासंघले श्रमजीवि पत्रकारिता ऐनलाई सम्पूर्ण रुपमा कार्यान्वयका लागि परेको उहाँले जनाउँनुभयो । 

कार्यक्रममा अध्यक्ष पोखेरेलले पत्रकारहरुले झेलिरहेको अभावको कुरालाई विभिन्न निकायहरुको संवाद र दवावका माध्यामबाट समाधान गर्ने गरिएको जानकारी दिनुभयो ।

महासंघमा कानूनी डेस्क समेत रहेकोले पत्रकारहरुको अधिकारको लागि निशुल्क रुपमा कानूनी लडाई लड्न सकिने उहाँले बताउनुभयो । विभिन्न अवसरहरु काठमाडौंमा मात्र केन्द्रित नभएर मोफसलका पत्रकारहरुको लागि समेत  हुनुपर्ने उहाँको भनाई रहेको छ । 

अनुशिक्षण कार्यक्रममा महासंघका केन्द्रिय अध्यक्ष बिपुल पोखरेलले सञ्चार र स्थानीय सरकार र महासंघका केन्द्रिय उपाध्यक्ष उदय जिएमले न्यू मिडियाको प्रयाेग र प्रभावका बारेमा प्रस्तुतीकरण राख्नुभएको थियो ।

मुसिकोट नगरपालिको सहयोगमा भएको उक्त अनुशिक्षण कार्यक्रममा नेपाल पत्रकार पत्रकार महासंघ रुकुम पश्चिमका अध्यक्ष लक्ष्मण केसीको अध्यक्षतामा महासंघका केन्द्रिय अध्यक्ष बिपुल पोखरेलको प्रमुख आतिथ्यतामा भएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष उदय जिएम, मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसी, प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्त लगायतको आतिथ्यता रहेको थियो ।  

प्रकाशित मिति: आइतबार, असार २४, २०८०  १४:१४
प्रतिक्रिया दिनुहोस्