Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

अनलाईन मिडिया प्रभावकारी बन्दैछन् : नगर प्रमुख केसी

आइतबार, असार २४, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिमको मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीले पछिल्लो समय अनलाईन मिडियाहरु प्रभावकारी बन्दै गईरहेको बताउनुभएको छ । 

नेपाल पत्रकार महासंघ रुकुम पश्चिमको आयोजना र मुसीकोट नगरपालिकाको सहयोगमा आईतबार मुसिकोट खलंगामा भएको स्थानीय सरकार र मिडियाका सवाल बिषयक अनुशिक्षण कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । 

कार्यक्रममा नगर प्रमुख केसीले मिडियाहरुले सरकारका राम्रा कामको सकारात्मक प्रचार र कमजोरीहरुको सुधारका लागि खबरदारी गर्नुपर्नेमा जोड दिनुभयो । 

नगर प्रमुख केसीले पत्रकारिताको संस्थागत विकास अपरिहार्य रहेकोले स्थानीय सरकारको तर्फबाट स्थायीत्व दिलाउन पहल गरिने जनाउनुभयो । महासंघका हरेक सस्थागत प्रस्तावहरुमा स्थानीय सरकार समन्वय गर्न तयार रहेको उहाँले उल्लेख गर्नुभयो । 

उहाँले सरकार एक्लैले मात्र सबै कुरा गर्न नसक्ने भएकोले नीजि सस्था, नागरिक समाज लगायतको सहकार्यमा जनताका तमाम् सेवामुखी काम गर्न सकिने बताउनुभयो । कार्यक्रममा उहाँले पत्रकारहरुको स्वास्थ्य बिमा स्थानीय सरकारको तर्फबाट गर्नको लागि प्रतिबद्धता समेत जनाउनुभयो । 

अनुशिक्षण कार्यक्रममा महासंघका केन्द्रिय अध्यक्ष बिपुल पोखरेलले सञ्चार र स्थानीय सरकार र महासंघका केन्द्रिय उपाध्यक्ष उदय जिएमले न्य्ु मिडियाको प्रयाृेग र प्रभावका बारेमा प्रस्तुतीकरण राख्नु भएको थियो ।

प्रकाशित मिति: आइतबार, असार २४, २०८०  १४:३२
प्रतिक्रिया दिनुहोस्