Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मध्यपहाडी लोकमार्गकाे खरखरेमा पहिरो सफा गर्ने बहानामा अवैध उत्खनन्

भेटिएका टिपर र जेसिभिलाई कारबाहि नगरी हटाउन चेतावनी
आइतबार, असार २४, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिमको मुसिकोट नगरपालिका ३ खरखरेमा गएको पहिरो सफा गर्ने बहानामा सोहि क्षेत्रमा अवैध उत्खनन् हुने गरेको पाईएको छ । 

उक्त क्षेत्रमा अवैध उत्खनन भइरहेको भन्ने स्थानीयले दिएको सुचनाको आधारमा २३ गते शनिबार बेलुका मुसिकोट नगरपालिका प्रमुख महेन्द्र केसीको नेतृत्वमा गएको टोलीले उक्त स्थानको स्थलगत अनुगमन समेत गरेको थियो । उक्त टोलीले अवैध रुपमा गिट्टी उत्खनन तथा ओसार पसार गरिरहेको अवस्थामा दुई वटा टिप्पर र दुई वटा जेसिभि फेला परेको थियो ।

नगर प्रमुख केसीको सचिवालयले दिएको जानकारी अनुसार उक्त टोलीले टिप्परलाई चेतावनी दिई अबदेखि यस्तो कार्य नगर्ने गरी उक्त स्थानबाट हटाइएको छ । उक्त टोलीले सोहि स्थानमा बिग्रेको अवस्थामा रहेको एक वटा जेसिभिलाई पनि २४ घन्टा भित्र हटाउन निर्देशन दिएको छ ।

nagar anugaman1688903056.png
अनुगमन पश्चात नगर प्रमुखको सचिवालयले सार्वजनिक गरेको जानकारी । 

मुसिकोट नगरपालिकाले मध्यपहाडी लोकमार्ग र राप्ती लोकमार्गको सडकखण्डको मापदन्ड भित्र पर्ने क्षेत्र, नदी, खोला, बस्ती नजिक, जोखिमपुर्ण क्षेत्रमा क्रसर, ढुङ्गा, गिट्टी, बालुवा, माटो लगायतका कुनै पनि प्राकृतिक स्रोत उत्खनन गर्ने कार्यको नियमित अनुगमन तथा नियमन गर्ने निर्णय भए अनुसार उक्त स्थलगत अनुगमन गरेको थियो । 

मध्यपहाडि राजमार्ग अन्तर्गत पर्ने उक्त सडकखण्डमा अवैध उत्खनन् हुँदा सधै पहिरोको जोखिम हुने गरेको छ । सरकारले असार १ गतेदेखि सम्पूर्ण रुपमा वालुवा, गिठ्ठी उत्खनन्मा रोक लगाएतापनि जिल्ला सदरमुकाम रहेको नगरपालिकाको वडा क्षेत्रमै उक्त कार्यको पालना नभएको हो ।  

358531486_259315033461052_143441714350959375_n1688903190.jpg

नगर प्रमुख सहितको टोलीले अवैध उत्खनन् गरिरहेको अवस्थामा टिपर र जेसिभि फेला पारेतापनि नियन्त्रणमा नलिएर चेतावनी मात्र दिएको भन्दै स्थानीयले गुनासो गरेका छन् । 

मूलपाटीलाई प्राप्त जानकारी अनुसार पहिरो गएको उक्त खरखरे क्षेत्रमा यति विल्डर्स र खानी थोदुङ मिसन जोईन्ट भेन्चरका टिपर तथा जेसिभि भेटिएका थिए । उनीहरुले सडक क्षेत्रमा आएको पहिरोको भागको गिठ्ठीहरु लैजाने र सडकको पहिरो हटाउने कार्य गर्ने क्रममा थप उत्खनन् गर्न थालेको स्थानीयको भनाई रहेको छ । 

खानी थोदुङ मिसन जोईन्ट भेन्चरले विगतमा सोहि क्षेत्रमा गिठ्ठीहरु उत्खनन् गरेर राखेको र हाल उक्त सामाग्री निकाल्ने बहानामा थप उत्खनन् गर्ने गरेको पाईएको थियो । स्थानीयको बिरोध र नगरपालिकाको अनुगमनपश्चात उक्त कार्य रोकिएको छ । 

358378005_259315363461019_7264078180776868933_n1688903190.jpg

प्रकाशित मिति: आइतबार, असार २४, २०८०  १७:१६
प्रतिक्रिया दिनुहोस्