Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

भारतको रोहुडुमा गएको पहिरोमा परेर एक रुकुमेलीको ज्यान गयो

सोमबार, असार २५, २०८०
tribeni2

रुकुम पश्चिमकाे चौरजहारी नगरपालिका वडा नम्वर ७ का घर भएका अन्दाजी ३९ वर्षिय प्रेम प्रसाद जैसीको पहिरोमा परेर मृत्यु भएको छ । 

रोजगारीको सिलसिलामा भारत जानुभएका उहाँको हिमाचल प्रदेशकाे रोहुडु भन्ने ठाउँमा गएको पहिरोमा परेर आईतबार मृत्यु भएको हो । 

चौरजहारी नगरपालिकाका प्रवक्ता खुम बहादुर खड्काले दिनुभएको जानकारी अनुसार उहाँ एक हप्ता अघिमात्र घरबाट रोजगारीको खोजीमा भारत जानुभएको थियो । उहाँको घरमा श्रीमतीको साथमा एक छोरा र एक छोरी रहेका छन् । 

मृतक जैसी चौरजहारी नगरपालिका वडा नम्वर ७ का वडा अध्यक्ष भिम प्रसाद जैसीका माईला भाई हुनुहुन्छ । 

प्रकाशित मिति: सोमबार, असार २५, २०८०  ०८:४४
प्रतिक्रिया दिनुहोस्